Sunday, January 23, 2011

FriEnd rEquest

-दीनबन्धु-

एकाएक प्रशंसाको पोको सहितको यो बिशेष मित्रता अनुरोध बाट म एक किसिमको अनौठो अनुभूति गर्दै थिए। फोटो हेरे, खासै चिने जस्तो लागेन, उसको प्रोफाइलमा प्राइभेसी सेटिंग गरिएको थियो, मात्र फिमेल हो भन्ने जानकारी थियो। कमन फ्रेन्ड हरु एक जना पनि छन् भन्ने देखिएन, म सोचमा डुब्दै थिए, फ्रेन्ड रिक्वेस्ट लाइ सदर गरु कि बदर। नगरु, चिनेकै होला त्यो पनि सुन्दर महिला, पुरुस भएको भए त बाल। फेरी चिनेकै जस्तो गरि इमेल पनि त लेखेकी छ। तर पछिल्लो समयमा फेसबुकमा फैलिएको बिकृतिको शिकार भै नै सकेको छु म, धेरै ई- फ्रेण्ड बनाउने भन्ने मेरो सपना त्यो दिन देखि चकनाचुर भएको थियो जब म एउटा यस्तो लज्जाजनक तस्बिरमा मेरो कथित इ-मित्र बाट ट्याग गरिएको थिए।


फेसबुक मा गजल लेख्ने बग्रेती गजलकार हरुको भिडबाट ऊ मेरो फ्रेड लिस्ट मा जोडिएको थियो, प्रशान्त नाम थियो , थर चाही गुरुङ। ठेगाना साउदी तिर कुनै कम्पनि मा म्यानेजर को रुपमा थियो उसको। मैले लेख्ने गरेका हरेक स्ट्याटस र गजलहरुमा उसले प्रतिक्रिया छोड्ने गर्थ्यो, एक अर्थमा असल ई-मित्र थियो उ मेरो। त्यो घटना घट्नु भन्दा दुइ चार दिनअघिका उसका स्ट्याटसहरु मैले खासै बुझ्न सकेको थिईन, बुझ्नु पनि थिएन मलाई। गहिरो भाब हुन्थ्यो उसका स्ट्याटस हरुमा। लाग्थ्यो निकै पिडामा परेको छ सोल्टी। म खासै प्रतिक्रिया लेख्दिनथे भलै मन परेको नै किन नहोस, कहिलेकाही लाइक मा क्लिक गरिदिन्थे बस त्यती हो। एकदिन उसले मलाइ दाजु सम्बोधन गर्दै इमेल लेखेको थियो, भन्दै थियो, तपाईंले लाइक मात्रै गर्नु भन्दापनि मेरो स्ट्याटसमा केहि प्रतिक्रिया छोडिदिनु भयो भने म आभारी हुने थिए। हुनत उसका स्ट्याटसहरु कवितात्मक हुन्थ्ये जुन मलाई औधी नै मन पर्छ तर पनि मैले खासै वास्ता गर्दिनथे, बिस्तारै समय बित्दै जादा त्यो दिन पनि आइ छाड्यो जुन दिनले मलाई अब नचिनेको मान्छे साथि बनाउनु हुदैन भन्ने पाठ पढाएर गयो। जहासम्म सम्झना छ उसको फोटोमा मेरो नाम ट्याग हुदाको दिन म अलि ब्यस्त थिए, जागिर को सिलसिला थियो, म बिशेष कामले सदरमुकाम झरेको थिए, मोबाइलमा इन्टरनेट जोडेको थिएन, त्यती सस्तो नेपाल टेलिकम को इन्टरनेट जोड्ने हैसियेत म संग नभएको भने होइन ,कुरो कति मात्रै हो भने मेरो मोबाइल को ब्याट्री यति डाउन भै सकेको थियो कि म फोन मा आधा घण्टा भन्दा बढी गफिन सक्दिनथे, त्यस्तो फोन माथि इन्टरनेट थपेर मेरो फोन लाइ अत्याचार गर्ने पक्षमा थिईन म। अर्को स्मार्ट फोन किन्ने मनस्थितिमा भए पनि अस्ट्रेलियामा भएको भाइले कोसेली पो ल्याई दिन्छ कि भन्ने लोभमा बसेको थिए। साझको पाच बज्दै थियो, बहिनीले फोन गरि, अनि भनि ‘दाइ तेरा साहित्यले अब खोला खाए, खुब नँया नँया मित्र बनाउछु भन्थिस नि, देखिस।’ म एकाएक झस्किए। लोडसेडिंग थियो सदरमुकाममा, म कतै साइबर बस्न सक्ने अवस्था पनि थिएन, अनि लाजै पचाएर बहिनिलाइ नै त्यो भन्नै नमिल्ने पासवोर्ड दिएर त्यो फोटो अनि त्यो कथित इ-मित्र को हत्या गर्न अह्राए, मेरो फेसबुक बाट। मामा, माइजु अनि काकी अनि मेरो प्रिय विद्यार्थी हरुको इमेलको ताँती थियो मेरो इनबक्समा,सबैमा जिज्ञासा अनि शंका भरिएको थियो। मैले निकै ग्लानी महसुस गरेको थिए। त्यो दिन देखि म चेत बाबा काशी भएको छु।
अब चिन्दै नचिनेको, अनि एक जना पनि कमन फ्रेन्ड नभएको यो नयाँ मित्र को नयाँ इमेल मलाई एउटा बिजुली थियो, अगुल्ठो त पहिले नै खाइ सकेको थिए मैले। ह्या जे सुकै होस्, बालै भएन भनेर म मेरा गजलकार मित्रहरुको गजल पढ्न थाले। अचेल फेसबुकमा यी थोत्रा गजलकारहरुको च्याउ सरि उत्पत्ति भएको देख्दा एक मनले त ठिकै हो भन्छ , तर अर्को मनमा चाही आफ्नो त्यो सुन्दर फेसबुके भित्तोजति स्तरहीन गजलहरुका रङले पोतिदा कहिलेकाहिँ त झ्वाक नै चलेर आउछ। बरु एउटा गजल फोरम बनाएर त्यतै त्यस्तो खेति गरेको भए पनि हुने नि भन्ने पनि लाग्छ, त्यसो त गजलगृह, नेपाली गजल, साहित्यघर अनि गजल को फेसबुक भन्दै थोरै धेरै यस्ता फेसबुक ग्रुप पनि नभएका त होइनन तर पनि मेरो भित्तोमा गजलहरुको तछाडमछाड देख्दा चाही सार्है नै उदेक लाग्छ अचेल। एउटाको सिर्जनामा प्रतिक्रिया लेख्यो अर्को ले मेरो मा किन नलेखेको भनेर इमेल छोड्छ अनि भोलि देखि आफ्ना स्ट्याटस मा पनि लाइक गर्न छोड्छ, जे भए पनि आफ्ना पोस्ट हरुमा धेरै लाइक आवोस अनि धेरै लाइक पावोस भन्ने त जसलाई पनि हुँदो रैछ क्या , फेसबुक मा फस्टाएको व्यापार भनेकै कमेन्ट र लाइक को त हो नि नढाटेर भन्नु पर्दा। खैर जे सुकै होस्, म गजलहरु को भिडबाट रबि प्रान्जल को एउटा गजल पढ्दै थिए, इनबक्समा झिलिक्क रातो बल्यो। गजल पढ्न छोडेर इनबक्स खोलि हेरे, उसैको थियो। यस्तो लेखिएको थियो, ” तिम्रो ताजा प्रतिक्रिया माइ संसारमा पढे, सार्है खुसि लाग्यो, तिम्रो चेतनाको स्तर को ब्याख्या गरेर सक्दिन र थाक्दिन म। तिम्रा व्यंग्य कवितामा कति दम छ भन्ने कुरामा मैले मत राखी रहनु जरुरि देख्दिन, तर आफ्नै मित्रको मित्रताको अनुरोध स्वीकार गर्न नचाहने तिमीलाई म कस्तो बुद्धिमान भनु?” इमेल रोमन मा लेखिएको थियो, मलाइ कता कता चस्स दुख्यो उस्को इमेलले, अनि हिनताबोध भयो उसलाई चिन्न नसकेकोमा। इमेल पढ्ने बित्तिकै अनलाइन भए म फेसबुकमा, तर ऊ त्यहाँ थिइन, बहिनि ले ‘हेल्लो’ भनि हाली, अब कसरि अफलाइन जाऊ। हेल्लो भने, “ज्वाई लाइ आराम?” भन्ने मेरो प्रस्न टाईप् गर्न नपाउँदै उसले सत्र ओटा प्रश्न सुइक्याई सकेकी थिई। म उसलाई उत्तर दिदै मा व्यस्त थिए, मैले प्रस्न गर्न पाउने अवस्था थिएन। अमेरिका भएको आर्को साथिले “के छ गाउँले?” भन्यो, उसलाई पनि ठिक छ भन्नै पर्यो। लन्डन बाट माइजु ले के छ भान्जा भन्नु भो , नमस्ते माइजु भन्नै पर्यो, अस्ट्रेलिया मा भएको भाइले ओ हो दाइ पनि अनलाइन भनेर कुरा सुरु गर्यो , उसैसंग स्मार्ट फोन को आशा पालेर बसेकोले पनि उसलाई पनि उत्तर दिने पर्यो, “काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर” भनेको त यही भएर पो रैछ है भन्ने भो मलाई त्यती बेला, खोजेको के, भयो के। त्यतीका बेर सम्म पनि ऊ अनलाइन आइन। म किटेर भन्न सक्थे कि उसले मोबाइल बाट फेसबुक चलाएको हो। तर होइन होइन , यदि मोबाईल बाट नै चलाएको भए माइ संसार मा मेरो प्रतिक्रिया कसरि पढ्न भ्याई त त्यसो भए, म बडो असमन्जसमा परे। म यहि चिन्तन मा बग्दै गर्दा फेसबुकको च्याट मा हेल्लो भन्ने हरुको संख्या दर्जनौ पुगी सकेको थियो, त्यहि भएर त मलाइ फेसबुक च्याटमा अनलाइन बस्नै मन लाग्दैन। अब को उत्तम विकल्प थियो कि फेसबुक बाट अफ लाइन हुने। फेरी सबैलाइ थाहा भएकै कुरा हो कि म जतिबेला अफलाइन हुदापनि त्यसको अर्थ लोडसेडिंग को कारणले हो भन्ने बुझाउन गार्हो हुन्नथ्यो त्यसैले जे सुकै होस् भनेर च्याट को हरियो बत्ति निभाइदिए। फेसबुक मा धेरै साथी बनाउनुको पिडा बल्ल बुझ्दै थिए म।
ऊ त्यती इमेल लेखेर हराई, म च्याट गर्ने हरुको भिड मा हराए, मेरो चेतना हरायो, साला जिन्दगि कस्तो झ्याल्ली गर्न जानेको होला यहि बेला भन्नु जस्तो, एक छिन त आफै संग झ्वाक चलेर आयो, एक झापड दिउ जस्तो, भैगो के झापड हान्नु आफैले आफैलाइ, बरु त्यो अपरिचित परिको इमेल को प्रतिक्रिया लेख्छु भनेर कस्सिए। गूगलको युनिकोड एक्टिभ गरे अनि लेंखे ” लाग्छ हामी धेरै पुराना परिचयका हौ, तर समयको अन्तरालले हाम्रो मित्रता लाइ अपरिचित को रुप मा ब्याख्या गरिरहेको छ। उमेरको आयतन र बुद्धि को बोधोपना बढ्दै जादा मैले हजुर लाइ चिन्न नसक्नु मेरो कमजोरी हुनसक्छ, रिसानी माफ होला कृपा गरेर यहाँ लाइ चिन्ने शौभाग्य दिनुभएमा यो प्राणी धन्य धन्य हुनेछ। बिना चिनजान को मित्रसंग मित्रता गास्दा जीवनमा ठुलै उपहार पाईसकेको हुनाले पनि हामि दुवैले दुवैलाइ चिन्न जरुरि छ, मेरो भन्नु त्यती मात्रै हो , कृपया अन्यथा नलिनु होला, तपाईं र मेरा कमन फ्रेन्ड हरु पनि नभएकाले मैले हजुर लाइ ठम्याउन सकिन, कुरो बुझ्नु हुनेछ” यति लेखेर सेन्ड आइकन थिचीदिए। अनि घडी हेरे, मैले करिब करिब २ घण्टाको समय बिताई सकेछु फेसबुकमा यसै गरि। अब, लाइन जान त्यस्तै आधा घण्टा जति बाकि होला, यदि बिधुत प्राधिकरण को समयतालिका ठिक साचो हो भने, हुनत यो बिजुलीको पनि केहि भर छैन, अहिले एकछिनमै काटिन पनि सक्छ। किन होला खोइ हाम्रो देशको सरकार यस्तो निकम्मा भएको, कसले होला खोइ देशमा बिकासको लहर चलाउने, देशमा सरकार विहीनताको स्थिति भएको पनि थुप्रै भैसक्यो, नाथे भारत ले जाबो एउटा प्रधानमन्त्री चयन गर्न पनि सकेन नेपालमा, नेपालका नेता त बकम्फुसे नै हुन् भन्ने त पहिले देखि नै थाहा भएको कुरा हो। यसपाली त प्रधानमन्त्री चुनाब रुपी गाइजात्रा ले त झन यिनका हैसियत नांगै परिदिएकै छ। काम चलाउहरु खाली काम चलाउने काम मात्रै गर्छन, आइस क्रिम चाट्दै हिनेर मरेका छन् अचेल देशका ठुलाबडा भनाउदाहरु, कोहि चाही कपालको थरि थरि डिजाइन निकाल्छन, कोइ राष्ट्रिय झन्डा लाइ रौसि लाइ सितन राख्ने सस्ता रुमाल ठान्छन्, यस्ता तोर्पेहरुले के गर्लान त गाठे यो देशको बिकाश, संबिधान सभा भित्रै कुस्ती खेलेर मरे अस्ति भर्खर, पार्टीहरुको अन्तरिक बिखण्डन बजारमा दिनप्रतिदिन सार्बजनिक हुदैछ, यस्ता तोरीहरु मिलेर देशको संबिधान लेख्लान भनेर कसरि बिस्वस्त हुनु र खोइ! उफ दिक्क लाग्छ यो राजनीति सम्झिदा पनि। मलाई किन किन यही फेसबुक चलाउन पाइन्न कि भन्ने मात्रै चिन्ता लाग्छ यो बिजुली नहुदा, भाइको एस एल सी आउन लागिसक्यो, मलाई त्यसको बरु त्यती चिन्ता लाग्दैन, तर यो इन्टरनेट भएन भने म फेसबुक बिना कसरि जिउन सक्छु होला भन्ने लागि रहन्छ जति खेर पनि , आखिर म पनि त नेपाली हु, नेपाली नेता ले सिकाएको स्वार्थको पाठ थोरै धेरै त म मैले पनि पिएकै छु भन्ने मलाई मेरा यिनै चिन्तन बाट बोध हुन्छ।
फ्याट्ट रातो देखा पर्यो इनबक्समा, हतार हतार खोले, उसैको थियो, नक्कली त अझै अनलाइन मै रै’छ। स्काईप मा अनलाइन आउन अनुरोध गरेकी र’छ ,स्काईप आइडी दिएकी थिई, तर दुर्भाग्य म संग स्काईप अकाउन्ट थिएन अनि त्यो नेपालको रेलकै जस्तो सुस्त गतिको इन्टरनेटबाट स्काईप डाउनलोड गर्न पनि सम्भव थिएन, त्यसैले हतार हतार लेखे, “आइ डोन्ट ह्याव ए स्काईप आइडी” अनि सेन्ट गरिदिए। थुक्क तेरो बुद्धि, याहू त थियो त फेरी। दिएको भएत हुन्थ्यो नि भनेर थक्क थक्क भै नै रह्यो मनमा, तर पनि उसको प्रतिक्रिया नपढी याहू आइडी दिन मन मानेन, धैर्य गरेर बसे भला धैर्य गर्ने अवस्था त खासै थिएन तरपनि धैर्य गर्न नेपालीलाइ कसले जित्छ र, २ वर्ष सम्म सम्म त धैर्य गरियो, र पनि केहि लुतो लाग्या होइन क्यार, अझै पनि त धैर्य गर्दैछौ, भला त्यो धैर्यताको कुनै प्रतिफल आउनेवाला पनि छैन अझै कम्तिमा अर्को दुइ चार वर्ष। तर यहाँनिर धैर्य गर्न म संग न धैर्यता थियो न त समयनै , अब लाइन जाने बेला भै सकेको थियो, मन भित्र नराम्ररी हुटहुटी बढिरहेको थियो, त्यसै त्यसै छट्पटी भै रहेको थियो। म उसको फेसबुक पेज मा थिए यति खेर, उसको प्रोफाइल फोटो हेरेर उसलाई ठम्याउने असफल प्रयास गर्दै थिए। कसैगरे पनि मेरो दिमाखले उसलाई पहिचान गर्न सकेन, पिलिक्क रातो बल्यो फेरी इनबक्समा, तत्कालै क्लिक्क गरे, लेखेकी थिई ” मेरो प्रोफाइल तस्बीर परिवर्तन गरेकि छु आशा छ अब त चिन्ने छौ”। तर फोटो उही थियो अहिले सम्म, म ब्यग्र प्रतीक्षामा थिए, उसको परिवर्तित प्रोफाइल तस्बीर हेर्न। मलाई हतार थियो किनकि अब लाइन जान एकदमै कम समय मात्रै बाकि थियो। दिमाख मा झट्ट आइडिया फुर्यो, पेज रिफ्रेश गर्ने भन्ने, हतार हतार रिफ्रेश बटन एफ फाईब थिचे, फोटो परिवर्तन भो। हो फोटो परिवर्तन भो अनि म, कम्प्युटर स्क्रीन मा एकटक संग हेरेको हेर्यै भए, टाउको मा हज्जार भोल्ट को करेन्ट संचारित भो ,शरीर चिसो भएर आयो, एकाएक स्वास बन्द होला जस्तो भो,जमिन भासिएला जस्तो भो, अनि झ्याप्प स्क्रीन निभ्यो,अनि जताततै अन्धकार छायो।

Wednesday, January 19, 2011

बन्जी जम्प हो, बन्जी जम्प !

Click on the slide!

बन्जी जम्प हो, बन्जी जम्प !

सिन्धुपाल्चोकको भोटेकोशी नदीम बन्जी जम्प गर्दै पर्यटक। तस्बिर : दीपेश श्रेष्ठ

जिन्दगीको के भर छ र... गायकको निधन


smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ ३ (नागरिक)-एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ। 'कोशेली' र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र 'लाहुरे'मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार भन्दा बढी गीत गाएका छन्। कान्छाले साइनो चलिचत्रका लागि गाएको 'आमैले भन्थे... धाराको पानी...' गीत नेपाली जनजिब्रोमा लामो समयसम्म झुन्डिएको थियो। अर्को गीत 'जिन्दगीको के भर छ र...' लामो समयसम्म चर्चित रहेको थियो। साइनो र अर्को एक गरी उनका दुई क्यासेट एल्बम बजारमा आएका थिए।
मेरुदण्ड (स्पाइनल कर्ड)मा उत्पन्न खराबीका कारण शरीरको तल्लो भाग चल्न नसकी केही समयदेखि मुम्वईस्थित रइजा अस्पतालमा उनको उपचार भइरहेको थियो। कमाएको सबै सम्पत्ति उपचारमा खर्च भएपछि अस्पताल शैय्याबाटै उनले सहयोग गर्न नेपालीहरुलाई आह्वान गरेका थिए। उनको आह्वानको भिडियो युट्युबमा अपलोड गरी सहयोग संकलन गरिएको थियो।
उनको उपचारका लागि काठमाडौंमा कुमार कान्छा उपचार सहयोग समिति निर्माण गरी विभिन्न सहयोग जुटाइएको थियो।
लाखौं शुभचिन्तकको माया पाए पनि कुमार कान्छा अब सदाका लागि अस्ताएका छन्। 'जिन्दगीको के भर छ र...!'

Thursday, January 13, 2011

फेसबुक बन्द हुने हावा खबर नि पत्याएछन्

खासमा गम्भीर कुरै हैन।
  • अर्को ग्रहका यानले पृथ्वीमा यही वर्ष आक्रमण गर्ने।
  • माइकल ज्याक्सनले आफू मरेको नाटक गरेका हुन्।
  • आफ्नो आत्मा शैतानहरुलाई कसरी बेच्‍ने ?
आदि हावाहावा हँसाउने खबर राख्‍ने एउटा साइट विक्ली वर्ल्ड न्युजले एउटा त्यस्तै उट्पट्याङ्गे खबर छापेछ- आउँदो मार्च १५ तारिखदेखि फेसबुक बन्द हुने। त्यस्तै हावा खबर राख्‍ने साइटले यो खबर राखेको नयाँ कुरा भएन, नयाँ कुरा त यसले विश्वभर फैलाएको हल्ला पो भयो त। फेसबुक बन्द हुँदैछ भन्ने हल्ला फेसबुक र ट्विटरहरुमार्फत् विश्वभर यसरी फैलियो कि फेसबुक स्वयंले ‘ए बाबा, हामीले बन्द गर्न लागेका हैनौँ’ भनेर भन्नुपर्‍यो।
विश्वको एउटै मात्र भरपर्दो समाचार नारा राखेर उट्पट्याङ्गे खबर छाप्‍ने हाँसेको मान्छेको अनुहार भएको लोगो भएको साइट विक्ली वर्ल्ड न्युजले समाचार भने मान्छेले पत्याउने झैँ गरेर लेख्‍दो रहेछ।  त्यो समाचारमा पनि साइटका मालिक मार्क जुकरवर्गलाई उल्लेख गर्दै कम्पनीलाई व्यवस्थापन गर्दागर्दा तनाव भएकोले यो पागलपनलाई रोक्न फेसबुक मार्च १५ देखि बन्द गर्ने भनिएको रहेछ। अझ कम्पनीका एक पदाधिकारीलाई उल्लेख गर्दै मार्च १५ देखि साइट बन्द हुँदैछ, तपाईँका फोटोहरु डाउनलोड गरिहाल्नुस् भनिएको रहेछ।
बस्, अब के चाहियो र। ५९ करोडभन्दा बढी सदस्य रहेको फेसबुकका प्रयोकर्ताहरुलाई समाचारको सत्यता खोज्ने फूर्सदसम्म भएन। फेसबुक बन्द हुने यो समाचारमा मात्रै ९ हजारभन्दा बढीको कमेन्ट छ। सामाजिक सञ्जालका साइटमा लिङ्क शेयर भएको त कति हो कति। अनि त फेसबुक आफैले बन्द हुन लागेको हल्लाको खण्डन गर्नुपर्‍यो।
इन्टरनेटबाट हल्ला फैलन सजिलो छ, यो त देखिहालियो। तर मान्छेले कतिको विश्वास गरेर यो हल्ला फैलाउन सहायक भए, त्यो चाहिँ बुझ्नुपर्ने विषय हो। टाइम म्यागेजिनले भर्खरै वर्ष पुरुष घोषणा गरेको बेला अनि भर्खरै त्यत्रो अर्बको लगानी भित्र्याएको फेसबुक बन्द हुन्छ भनेर पत्याउने कस्ता ?
कतै नेपालका कुनै जिल्लामा ‘हिमानी हिरोइन बन्ने’ अप्रिल फूलको समाचारलाई साँच्चै मानेर पत्रिकामा नै छापे जस्तो फेसबुक बन्द हुने समाचार पनि छापिएको त छैन ?
झापाबाट निस्कने पूर्वसन्देशको २०६७ वैशाख १ गतेको अंक। अप्रिल फूलको समाचार यहाँ छापिएको थियो। फोटोः निशेष आचार्य

Tuesday, January 4, 2011

Customize your Facebook Profile Page

Get 1000's of real fans for your FB pages. Free to use.
The new layout of your Facebook profile page can accommodate six images thus giving you room to be a little bit more creative with the design.

For instance, some people “slice” a large photograph into pieces and tag them on Facebook such that one slice appears as their main profile picture while the other pieces show up in the thumbnail region.
If you would like to have something similar for your own Facebook profile page, just get a 700px (W) x 500 px (H) picture of yourself and slice it in Photoshop /GIMP as per dimensions marked in the next image.

Alternatively, if you already have a copy of Photoshop on your desktop, just grab this readymade PSD template and import your picture as a new layer. Then choose File –> Save for Web and this should save all the sliced images in on folder.
Upload all these image slices to your Facebook photo album and then tag them in the following sequence (the order is very important).
First set the largest image (200×500) to be your main profile picture. Then choose the 100×68 thumbnail from the image gallery that will appear in the extreme right on your profile page and tag it with your name. Then tag the immediate left image and so on such that the left-most thumbnail get tagged in the end.
That’s it! [Also see: Create Custom Facebook Pages]
facebook tag

How to Access Blocked Websites, Unblock Restricted Sites

How to access blocked websites like Facebook, MySpace, Bebo at school or office?

This article suggests workarounds to help you unblock access to restricted websites at universities, school and offices.

Background: Blocking access to undesirable Web sites has been a common government tactic but China, Iran, Saudi Arabia are believed to extend greater censorship over the net than any other country in the world.

Most of the blocked or blacklisted sites in Saudi Arabia are about sex, religion, women, health, politics and pop culture. They even block access to websites that sell swimming or bathing suits. In China, websites that talk about sex, Tibet or Democracy are blocked.

Social sites that are often blocked include Google News, Typepad, ebay, Blogger blogs, YouTube, Facebook, Bebo, Myspace, Orkut, MySpace, Pandora, Bebo, Photobucket, Yahoo! Messenger, AOL AIM, Flickr, last.fm, etc.

There are always legitimate reasons to bypass the internet filters and unblock websites. The following tricks will show how to access all websites at school, college, offices or at home.

1: To access blocked website, type the IP number instead of the URL in the browser address bar. However, if your blocking software maps the IP address to the web server (reverse DNS lookup), the website will still remain blocked.

2: Use a URL redirection service like tinyurl.com or snipurl.com. These domain forwarding services sometimes work as the address in the the url box remain the redirect url and do not change to the banned site.

Access Google Talk Chat or GMail in Office

3: Use Google Mobile Search - Google display the normal HTML pages as if you are viewing them on a mobile phone. During the translation, Google removes the javascript content and CSS scripts and breaks a longer page into several smaller pages. Google Mobile

Use Mobile browsers as proxy to open restricted websites

4: Enter the URL in Google or Yahoo search and then visit the cached copy of the page. To retrieve the page more quickly from Google's cache, click "Cached Text Only" while the browser is loading the page from cache.

5: There are anonymizer websites who will fetch the blocked web page from their servers and display them to you. As far as the service provider is concerned, you are viewing the page on the Anonymizer website and not the blocked site.

6: You can access blocked or restricted websites by using Yahoo Babelfish or Google Translate language tools as a proxy server.

You just have to invoke the Google translate service with the same language pair like English to English. Assuming that Google is accessible in your school, you should be able to access any website with this method - Babelfish Proxy Sever

Unblock restricted websites that require login

7: Anonymous Surfing - Browse the internet via free proxy server. A proxy server (or proxies) is a normal computer that hides the identity of computers on its network from the Internet.

Which means that only the address of the proxy server is visible to the world and not of those computers that are using it to browse the Internet. Just visit any proxy server with your Web browser and enter a URL or the address of the blocked website.

Monday, January 3, 2011

इलेक्ट्रिक दाहसंस्कार गर्न तयार हुनुहुन्छ?

परम्परागत दाहस‍ंस्कार
हिन्दु रित अनुसार अन्त्येष्टी जलाएर गरिन्छ। योबाहेक अरु कुनै पनि उपाय स्वीकार्य छैन। यहाँसम्म कि मान्छेको लाश फेला पर्न नसके पनि कुशको मानव आकृति बनाएर त्यसैलाई शरीर मानी जलाइन्छ। परम्परादेखिको यो कामलाई अब अलि आधुनिकीकरण गर्न खोजिँदैछ। जलाउन त जलाउने नै हो, तर दाउराले हैन विद्युतले। पशुपति क्षेत्र विकास कोषले आर्यघाटनजिक विद्युत् शवदाह गृह आउँदो माघ महिनासम्ममा बनाउने काम थाल्ने भएको छ। यसलाई आवश्यक पर्ने भवन निर्माणको ठेक्का कोलकत्ताको इन्डोमेण्ड इन्जिनियरिङ सर्भिसले पाइसकेको छ। भवनका लागि साढे चार करोड रुपैयाँ र मेसिनको लागि दुई करोड ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ। अहिलेलाई एक पटकमा दुई वटा लाश जलाउन सकिनेछ। दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ (लोडसेडिङ नभए)
तर प्रश्न उठ्छ, परम्पराअनुसार दाउराबाट नभई विद्युतबाट लाश जलाउन आफन्तहरु तयार होलान् ? के तपाईँ आफ्नो आफन्तको लाश दाउराको विकल्प रहेको अवस्थामा पनि यसमा जलाउन तयार हुनुहुन्छ ?
भारतको विद्युत शवदाह गृह। फोटो साभारः ipwtgroupindia.com

पक्कै पनि वातावरणीय हिसाबले इलेक्ट्रिक दाहस‌ंस्कार बढी राम्रो हुन्छ। मानिसहरु यो गर्नु पर्छ र त्यो गर्नुपर्छ भनी भाषण ठोक्न सजिलो मान्छन्। तर आफूलाई पर्दा वा आफूले गर्नुपर्दा भने हच्किन्छन्। उदाहरणका लागि छिमेकी देश भारतको बनारसको घाटलाई लिन सकिन्छ। इन्साइक्लोपिडिया अफ क्रिमेसन पुस्तकका अनुसार त्यहाँका इलेक्ट्रिक दाहसंस्कार मेसिनमा दाहसंस्कार गराउन आउनेहरु बनारस सहर र त्यो जिल्ला बाहिर कै बढी हुन्छन्। यो माध्यम सस्तो भए पनि मानिसहरु बढी पैसा तिरेर परम्परागत रुपमै दाहस‌‍ंस्कार गर्न रुचाउँदा रहेछन्। पुस्तकका अनुसार १५ प्रतिशतभन्दा कमले मात्रै इलेक्ट्रिक विकल्प रोज्छन्। सुरुसुरुमा त सनाखत नभएका र गरिबहरुको लाश मात्रै त्यहाँ जलाइन्थ्यो।
नेपालमा भने कस्तो हुने हो, त्यो हेर्न बाँकी छ। किनभने नेपालमा पहिलो पटक पशुपतिमा नै इलेक्ट्रिक दाहसंस्कारको व्यवस्था हुन लागेको हो।
एउटा सानो सर्वेक्षण गरी हेरौँ यो विषयमा-

यदि तपाईँ निर्णय गर्ने ठाउँमा हुनुहुन्छ भने आफन्तको शव केमा अन्तिम संस्कार गर्नुहुन्थ्यो?
VoteView Results
Share ThisPolldaddy.com

Tuesday, December 28, 2010

दरबारबाट चुहिएका अनौठा तथ्य...


पुस्तक भोलि विमोचन हुने सुनिएको छ।
विकिलिक्सले नेपालको दरबार हत्याकान्डबारे केही सूचना चुहाउला कि भनेर मुख बाएर बसे पनि उनीहरुले अझै नेपालस्थित दूतावासबाट पठाएका सूचनाहरु चुहाएका छैनन्। अब त विकिलिक्सको समाचार पनि कम बन्न थालिसकेको छ। यसै मौकामा कान्तिपुर र नयाँ पत्रिका दैनिकले दरबारका तथ्यहरु चुहाएका छन्। यी सूचनाहरु सेनाका पूर्वरथी विवेककुमार शाहको बजारमा आउन बाँकी पुस्तक ‘मैले देखेको दरबार’ बाट साभार गरिएका हुन्। यसमा अहिलेसम्म हामीले नसुनेका कुराहरु पनि रहेछन्।
वर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई त नङ्ग्याएकै छ यो पुस्तकले, माओवादीलाई भारतले तालिम दिएको आरोप पनि लगाएको छ। अहिलेसम्म दरबार हत्याकान्डको कुरा गर्दा त्यसको सीधा दोष ज्ञानेन्द्र र पारसलाई दिने र उनीहरुलाई शंका गर्ने प्रवृत्ति विपरीत शाहको पुस्तकमा भने हत्याकान्डमा देशी तथा विदेशी विशेषतः भारतको हात हुनसक्ने संकेत गरिएको छ।
“सूर्यबहादुर थापा त भारत कै मान्छे”
पुस्तकको एउटा अंशमा यस्तो छ- संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना मिसन कोसोभो गएका नेपाल प्रहरीका एक अधिकृतले मलाई त्यहाँबाट फर्किएर आएपछि सुनाएका थिए, ‘कोसोभो मिसनमा मैले काम गर्ने सेक्टरका प्रमुख भारतीय सिनियर आईपीएस अधिकृत थिए। एकदिन कुराकानीकै क्रममा उनले भने, ‘देखो हम नेपाल में जो चाहते हैं, वही होता है। दरबार में एक सैनिक सचिवको मालुम हो गया हैं कि भारत नेपाल के माओवादीओंको तालिम दे रहा है। भारत को लगा कि इससे उसको इसमें इम्ब्यारेसमेन्ट हो सकता है, इसलिए सैनिक सचिव को वहाँ से हटाना जरुरी हैं। हमारे भी दरबार में एडीसी हैं, और लोग भी हैं। और नेपाल के प्रधानमन्त्री सूर्यबहादुर थापा तो हमारे ही आदमी हैं। उनको भी सैनिक सचिव को हटाने के लिए प्रस्ताव भेज दिया। हमने उनको परिचालन किया और महाराज से कहकर सैनिक सचिव हटवाने को कहा। और महाराज ने भी उसको हटा दिया।’
नेपालको कुनै पनि पदमा नभएर पनि उनको बोलीले मिडियामा ठूलो स्थान पाउने, बेलाखबर भारत भ्रमणमा जाने कारण त यो पो रैछ कि क्या हो ? खोई यसबारे उनले अहिलेसम्म खण्डन पनि गरेका छैनन्।

माधव नेपाल त कस्तो दोधारे

पुस्तकको एक अंशमा वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको दोधारे पाराको खिल्ली उडाइएको छ। पुस्तकका अनुसार तत्कालीन विपक्षी नेता तथा एमाले महासचिव ‘यत्रो घटना घट्यो, अब यसको निष्पक्ष छानबिन हुनुपर्छ’ भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिएका रहेछन्। पुस्तकमा लेखिएको छ- सैनिक अस्पतालको पुस्तकालय हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रधानमन्त्री कोइराला, प्रधानन्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद स्थायी समितिका सभापति डा. रायमाझी र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो। हामी सचिवहरू पनि सहभागी भयौँ। यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो। सुरुमा न्यायक्षेत्रका व्यक्तिमात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो। तर महासचिव नेपालले नै ‘होइन, पार्टीका वरिष्ठ नेताहरू र विपक्षीका नेतासमेत बसेर आयोग गठन गरौँ’ भनेर प्रस्ताव गर्नुभयो। साथै उहाँले ‘यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधानन्यायाधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख विपक्षी दलको नेताका रूपमा मलाईसमेत राख्नुहोस्’ भनी प्रस्ताव गर्नुभयो। बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘आयोगमा म छुटुँला नि’ भनिरहनुभएको थियो। तर गठन भइसकेपछि एमाले महासचिव नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजिनामा दिनुभयो।
यही कारणले पनि ज्ञानेन्द्र र माधव नेपालको सम्बन्ध पछिसम्मै पनि बिग्रेको भन्ने पनि सुनिएको थियो।

भारतको हस्तक्षेप

संविधानसभाको निर्वाचनमा भारतले नेपालका माओवादीलाई ठूलो शक्तिका रूपमा देख्न चाहेको थिएन। पहिले राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गर्‍यो भने संविधानसभाको निर्वाचन हुनुअघि माओवादीलाई ‘साइज’मा राख्न ‘मधेस कार्ड’ प्रयोग गर्न थाल्यो। यसै सन्दर्भमा म एउटा घटना सम्झन पुग्छु। २०६३ चैत ७ गते बुधबार साँझ भारतीय राजदूतावासमा कार्यरत द्वितीय सचिव दार्जिलिङनिवासी धीरज मुखियाको घरमा म केही साथीहरूका साथ डिनरमा गएको थिएँ। त्यसैदिन रौतहट जिल्लाको सदरमुकाम गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ताको सामूहिक हत्या भएको थियो। हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन-चारजना कर्मचारी आइसकेका रहेछन्। तीमध्ये एकजनाको हातमा दुईवटा मोबाइल थिए। उनी एउटा सेटबाट सम्भवतः भारतीय राजदूत या आफ्नो हाकिमसँग र अर्कोबाट अन्य कुनै व्यक्तिसँग एकसुरले कुरा गरिरहेका थिए। उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट ‘अपडेट’ गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए। साथै स्थानीय ‘इन्र्फमर’लाई केही निर्देशनसमेत दिँदै थिए। उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो। त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था रअका हुन् भन्ने स्पष्ट भयो।
संयोगवश उक्त घटनाको भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसँग मेरो भेट भयो। गौर घटनाबाट उहाँहरू निकै हताश र संवेदनशील मनस्थितिमा हुनुहुन्थ्यो। उहाँहरूले मलाई ‘भारतलाई हामीले प्रयोग गरिरहेका छौँ भन्ने हाम्रो बुझाइ थियो, तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौँ’ भन्नुभयो।

भारत वीरेन्द्रसँग किन रिसायो ?

राजदरबार हत्याकाण्ड हुनुभन्दा झन्डै वर्षदिन अघिदेखि शाही नेपाली सेनाको आधुनिकीकरणको कार्ययोजना बनिरहेको थियो। यसै सिलसिलामा नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार एचके जी- ३६ राइफल किन्ने प्रक्रिया अगाडि बढाइरहेको थियो। यो हतियार नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्नेसमेत योजना थियो। यसका लागि हतियार उत्पादक कम्पनी हेक्लर एन्ड कोकले समेत सहमति जनाइसकेको थियो। तर एचके जी- ३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मनपरिरहेको थिएन। किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो। त्यसैले हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुनसक्छ भन्ने मलाई लाग्छ।
हतियार प्रकरण चलिरहेकै बेला संसदले नागरिकतासम्बन्धी विधेयक पारित गरी लालमोहरका लागि राजदरबार पठाएको थियो। तर महाराजाधिराजबाट उक्त विधेयकमा लालमोहर लगाउनुपूर्व रायका लागि सर्वोच्च अदालत पठाइबक्सेको थियो। सर्वोच्चले उक्त नागरिकता विधेयक संविधानसम्मत छैन भन्दै खारेज गरिदिएको थियो। लालमोहर लागेको खण्डमा नेपालभित्र नेपालीहरू नै केही वर्षपछि अल्पमतमा पर्नसक्ने उक्त विधेयक खारेज भएपछि भारतका कैयौँ उच्च पदाधिकारीले सरकारसँग निकै चासो राखेर कुरासमेत गरेका थिए।
यसअघि २०४४ सालतिर नेपालले चीनबाट केही एन्टी एयरक्राफ्ट हतियार किन्दा पनि भारत निकै क्रुद्ध बनेको थियो। र नेपाललाई आर्थिक नाकाबन्दी गरेर नेपाली जनतालाई असह्य कष्ट दिएको थियो। यस्तै वीरेन्द्र सरकारबाट २०३१ सालमा सम्पन्न शुभराज्याभिषेकका अवसरमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भनेर राखिबक्सेको प्रस्तावलाई संसारका सबैजसो महत्त्वपूर्ण ११६ देशले स्वागत र समर्थन गरेका थिए। तर भारतले यस विषयमा समेत नकारात्मक दृष्टिकोण राखेर समर्थन गरेको थिएन। यी त केही घटनामात्र हुन्।
२०५७ सालको अन्तिमतिर महाराजाधिराजबाट चीनको महत्त्वपूर्ण भ्रमण सम्पन्न गरिबक्सेको थियो। यतिबेला सरकार नेपालको माओवादी समस्या समाधान गर्ने र केही वर्षदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सोचाइमा होइबक्सन्थ्यो। त्यसका निम्ति तत्कालै शाही कदम चाल्नसक्ने अवस्था विकसित हुँदै थियो। सरकारबाट राजसंस्थाप्रति आस्था राख्ने र राष्ट्रवादी छवि बनाएका विभिन्न दलका नेताहरूसँग विचार-विमर्श गरिबक्सँदै थियो। पूर्ववरिष्ठ प्रशासक र सुरक्षाकर्मीहरूको ‘विशेष कार्यटोली’ बनाई मुलुकको समस्या समाधानका लागि योजना बनाउन लगाउनेबारे विचार भइरहेको थियो। अर्को विशेष कार्यटोली गठन गरी रणनीति तयार पार्न लगाउने र त्यसमार्फत माओवादीसँग वार्ता गर्ने सोचाइ थियो। यही क्रममा सरकारबाट भाइ पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई माओवादी नेताहरूसँग वार्ता गर्न खटाइबक्सेको थियो। साथै सरकारले शाही नेपाली सेनाका महासेनानी दिलीप रायमाझीलाई समेत माओवादीसँग सम्पर्क गर्न खटाइबक्सेको थियो।
माओवादीसँग कुनै हिसाबले सहमति भएपछि प्रतिनिधिसभा भङ्ग गर्ने र राजनीतिक नेताहरूको सहभागितामा गोलमेच सम्मेलन गरी माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्ने सरकारको योजना थियो। साथै दुई वर्षपछि अर्को आमचुनाव गर्ने र चुनाव अगाडि संविधानको प्रस्तावना यथावत् राखी संविधान संशोधन गर्नेबारे समेत सरकारले गृहकार्य गरिबक्सेको थियो। संविधान संशोधन गरी राजाको भूमिका बेलायत या जापानको राजाको जस्तो वा भारतका राष्ट्रपतिको जस्तो निर्धारण गरिनुपर्छ भन्ने पनि सरकारको सोचाइ थियो। यो प्रस्ताव माओवादीलाई मान्य नभए राज्यका सबै शक्ति प्रयोग गरेर उसलाई निःशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने रणनीति पनि सरकारबाट सोचिबक्सँदै थियो। यसका लागि बेलायत र अमेरिकाको सहयोग लिनेबारे समेत प्रयास भइरहेको थियो। खासगरी यी दुई मुलुकका अधिकांश नेता, कूटनीतिज्ञ या अन्य पदाधिकारीहरू जसले महाराजाधिराजको दर्शनभेट पाउँथे, उनीहरू नेपालमा सुशासन भएन, भ्रष्टाचार बढ्यो, असुरक्षाका कारण आतङ्क फैलियो आदि कुराहरू गरेर सरकारलाई अप्रत्यक्ष रूपमा कुन न कुनै कदम चाल्न सुझाव दिइरहेका हुन्थे। सम्भवतः सरकारबाट चीन भ्रमणका अवसरमा समेत सहयोगको आश्वासन पाइबक्सेको थियो।
माओवादी समस्या नेपालका लागिमात्र नभएर भारतको समेत दीर्घकालीन समस्या हुनसक्छ भन्ने सरकारको विश्लेषण थियो। त्यसैले आफूले उठाउन चाहिबक्सेको कदममा भारतको सहयोग लिन मौसुफबाट व्यक्तिगत रूपमै प्रयास भइरहेको थियो। यसमा भारतको दृष्टिकोण सकारात्मक भएन भने माओवादीसँग रहेको उसको सम्बन्ध उजागर हुनेहुँदा भारतलाई नै असजिलो हुनसक्ने सरकारको बुझाइ थियो।

माओवादीलाई भारतमा तालिम

भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको थियो भन्ने कुराका अनेकौँ संवेदनशील प्रसङ्गहरू म सैनिक सचिव छँदै जानकारीमा आएका हुन्। तीमध्ये एउटा प्रसङ्ग यहाँ उल्लेख गरौँ। २०६० असारतिर सशस्त्र प्रहरीबलको एउटा कम्पनी कमान्डो तालिमका लागि भारत गएको थियो। टोलीले देहरादुनदेखि ७० किलोमिटर टाढा मसुरीनजिकै जङ्गल र पहाडी इलाका रहेको चक्रातामा तालिम लिएको थियो। तालिम सकिएपछि नेपाल फर्किएर एकजना प्रहरी निरीक्षकले सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापालाई तालिमका क्रममा देखेका र सुनेका केही प्रसङ्ग सुनाएछन्। तिनका कुरा सुनेर सशस्त्र प्रहरी महानिरीक्षक थापा मलाई भेट्न आउनुभयो। उहाँले भन्नुभयो, ‘सशस्त्रको एउटा गुल्म भारतको चक्रातामा तालिमका लागि गएको थियो। त्यहाँ देखे-सुनेअनुसार उक्त गुल्म त्यहाँ गएको एक महिना अगाडि नेपालका माओवादीको टोलीले पनि सोही स्थानमा तालिम लिएको बुझियो। यो ज्यादै गम्भीर विषय हो।
यो कुरा सुनेर म अचम्ममा परेँ। चक्रातास्थित सशस्त्र तालिम केन्द्रमा भारतले पहिले श्रीलङ्काली पृथकतावादी तमिल विद्रोहीलाई पनि तालिम दिएको थियो। बङ्गलादेश स्वतन्त्रताका लागि मुक्ति वाहिनीलाई पनि भारतले सोही केन्द्रमा तालिम दिएको थियो। चक्राता तालिम केन्द्रस्थित इस्ट्याब्लिसमेन्ट- २२ नामक कम्प्लेक्स अमेरिकाले बनाइदिएको हो। अमेरिका र भारतले नेपालमा स्वतन्त्र तिब्बत आन्दोलनका लागि लडाकु तयार पार्ने क्रममा खम्पा लडाकुलाई समेत सोही स्थानमा सशस्त्र तालिम दिएका थिए। यस पृष्ठभूमिमा नेपालमा माओवादीको सशस्त्र शक्ति बढ्नु र सफल हुँदै जानुमा यो तालिम पनि महत्त्वपूर्ण कारण हुनसक्छ भन्ने मलाई लाग्यो।

हत्या किन भयो ?

मान्छेमा विभिन्न कमजोरी स्वाभाविक रूपले हुन्छन्। त्यस्तै कमी-कमजोरी दीपेन्द्र सरकारमा पनि थिए। सरकारको सबैभन्दा मुख्य कमजोरी महिला नै थियो। त्यस्तै एउटा परिवारमा हुनसक्ने कलह या झगडा राजा वीरेन्द्रको परिवारमा पनि थियो। दरबारमा काम गरेको लामो अनुभवका आधारबाट हेर्दा मलाई युवराजाधिराजको विवाहका सन्दर्भमा दरबारभित्र उठेको किचलोमा दीपेन्द्र सरकारलाई कुनै वैदेशिक शक्तिले खेलाएको अनुभव हुन्छ। यो मूलतः राजनीतिक षडयन्त्र थियो।
२०५७ सालको मध्यतिर सरकारबाट मलाई एउटा गोप्य फाइल अध्ययन गर्न दिइबक्सेको थियो। उक्त फाइलमा देशमा सङ्कट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीतिबारे उल्लेख गरिएको थियो। त्यस योजनाको नाम थियो- ‘वाज’। यसक्रममा सरकार पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापालाई अतिरथी -फिल्ड मार्सल) बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोचमा होइबक्सन्थ्यो। उहाँलाई २०५८ वैशाख १ गते अतिरथी बनाउने तय भएको थियो। यसै समयमा राजनीतिक नेताहरू र उनीहरूका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो। सरकारको योजना कार्यान्वयन भएको भए त्यसैबेला माओवादी समस्या समाधान हुने थियो। साथै २०४६ सालमा नराम्ररी क्षति भएको राजसंस्थाको छवि बढ्ने थियो र राजसंस्थाको भविष्य सुनिश्चित पनि हुने थियो। यो कुरा बेग्लै हो, सरकारको योजनाले अर्कै मोड लिएर वा अन्य कुनै कारणबाट पञ्चायती व्यवस्थाको पुनरावृत्ति भएको भए राजसंस्था त्यसै समयमा समाप्त हुने अवस्था सिर्जना हुन पनि सक्थ्यो।
मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो। त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्त्वहरूको हात हुनसक्छ भन्ने मेरो विश्लेषण तथा निष्कर्ष रहेको छ। दुर्भाग्यवश आजसम्म त्यो पाटोको छानबिन हुनसकेको छैन।

भारतीय दूतावासलाई किन चाहियो  दरबारका कर्मचारीको बायोडाटा ?

२०५९ जेठ २७ गते सोमबार । भारतीय राजदूतावासले दरबारमा कार्यरत व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न थालेको बुझिएको छ । त्यसअनुसार चिरनशमशेर थापा र विश्वविक्रम शाहले आ-आफ्नो व्यक्तिगत विवरण राजदूतावासमा पठाइसकेको र सुदनप्रसाद पोखरेलले पठाउन तयारी गरिरहेको कुरा आएको छ । त्यसै क्रममा मलाई सचिव विश्वविक्रमले ‘भारतीय राजदूतावासबाट जर्साबको व्यक्तिगत विवरण मागिएको छ, मलाई पठाइदिनू’ भन्नुभयो । मैले ‘मेरो व्यक्तिगत विवरण शाही जंगी अड्डा र राजदरबारमा मात्र रहन्छ, म अरू कसैलाई व्यक्तिगत विवरण पठाउँदिनँ’ भनिदिएँ । यो ज्यादै संवेदनशील विषय हो । यसका निम्ति मैले प्रमुख निजीसचिव सुदनप्रसाद पोखरेललाई गालीसमेत गरेँ । उहाँले विश्वले भन्यो भनेर हल्का रूपमा लिनुभयो ।
मैले यो कुरा सरकारमा जाहेर गरेँ ।
सरकार एकदमै रिसाइबक्स्यो । ‘बायोडाटा किन पठाउने ?’ सरकार क्रूद्ध होइबक्स्यो ।

परपीडक थिए दीपेन्द्र

परपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो । दरबारमा उडिरहेको परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो । गुलेली लागेर परेवा भुइँमा खस्दथ्यो पनि । अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो । उडिरहेको कागलाई पनि गोली हानेर झार्ने । र, त्यसै गर्ने । कहिलेकाहीँ जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने । त्यसलाई तड्पाई-तड्पाई मार्ने ।
धेरै वर्षपछि दीपेन्द्र सरकारसम्बन्धी एउटा प्रसंग मैले सुनेको थिएँ । मौसुफ जन्मिबक्सेपछि न्वारानको दिन चिना बनाउने क्रममा ज्योतिषी दिव्यमंगल जोशीले ‘युवराजाधिराजको जन्म लगन ज्यादै खराब छ, राजपरिवारका लागि अनिष्ट पनि हुन सक्छ, राजा हुने योग पनि छैन’ भन्नुभएछ । यसपछि दरबारबाट उहाँलाई चिना सच्याएर राम्रो बनाउनू भनिएको रहेछ । तर, उहाँले मान्नुभएनछ । अनि तत्कालै उहाँलाई हटाएर अर्का ज्योतिषी डा. मंगलराज जोशीलाई ल्याएर चिना सच्याउन लगाइएछ । यो घटनापछि ज्योतिषी दिव्यमंगल जोशी कहिल्यै राजदरबार आउनुभएनछ । युवराजाधिराज दीपेन्द्रको स्वभाव, चरित्र र समग्र घटनाक्रम हेर्दा लाग्छ, ज्योतिषी दिव्यमंगल जोशीसामु सरकार र राजपरिवारको भविष्य त्यतिबेलै छर्लंग भइसकेको रहेछ ।

Monday, December 27, 2010

ँदरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’

कान्तिपुर संवाददाता
काठमाडौ, पुस ११ -
तत्कालीन राजा वीरेन्द्र मुलुकको दुर्गतिबाट आजित भएर सत्ता नियन्त्रणमा लिने तयारीमा थिए । युवराज दीपेन्द्रचाहिँ उनको उदारवादी कार्यशैलीबाट दिक्क थिए । त्यहीबीच राजनीतिक षड्यन्त्रअन्तर्गत दरबार हत्याकाण्ड भएको थियो । त्यसमा विदेशी शक्तिकेन्द्र पनि जोडिएको थियो । माओवादीलाई भारतीय सैन्य शिविरमा तालिम दिइएको थियो । त्यसबारे थाहा पाएलगत्तै राजाका सैनिक सचिव पदमुक्त गरिएका थिए ।

तिनै सैनिक सचिव विवेककुमार शाहले राजदरबारमा करिब ३० वर्ष कार्यरत छँदा थाहा पाएका थुप्रै अनुद्घाटित तथ्य चाँडै पुस्तकाकारमा सार्वजनिक गर्दैछन् । 'मैले देखेको दरबार' शीर्षकको ५९९ पृष्ठको यो पुस्तकमा समाविष्ट उनका संस्मरण र दैनिक डायरीमार्फत नेपाली राजनीतिकका अनेक पाटाको खुलासा हुँदैछ ।

वीरेन्द्रको "अपरेसन वाज"सेवानिवृत्त रथी शाहले आफ्नो पुस्तकमा दरबार हत्याकाण्ड हुनु ठीकअघि राजा वीरेन्द्रले सत्ता हातमा लिने तयारी गरेको रहस्यसमेत खोलेका छन् । त्यसनिम्ति 'अपरेसन वाज' नामको एक गोप्य योजना बनाइएको उनको भनाइ छ ।

एडीसी र सैनिक सचिवका रूपमा वीरेन्द्रसँग करिब २६ वर्ष बिताएका शाहले पुस्तकमा लेखेका छन्, 'माओवादीसँग कुनै हिसाबले सहमति भएपछि प्रतिनिधिसभा भंग गर्ने र राजनीतिक नेताहरूको सहभागितामा गोलमेच सम्मेलन गरी माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्ने सरकारको -वीरेन्द्रको) योजना थियो ।'

दुई वर्षपछि आमचुनाव गर्ने र चुनावअगाडि संविधानको प्रस्तावना यथावत् राखी संविधान संशोधन गर्नेबारे समेत तत्कालीन राजाले गृहकार्य गरेको उनले खुलासा गरेका छन् । 'संविधान संशोधन गरी राजाको भूमिका बेलायत या जापानको राजाको जस्तो वा भारतका राष्ट्रपतिको जस्तो निर्धारण गरिनुपर्छ भन्ने पनि सरकारको सोचाइ थियो,' शाहले लेखेका छन्, 'यो प्रस्ताव माओवादीलाई मान्य नभए राज्यका सबै शक्ति प्रयोग गरेर उसलाई निःशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने रणनीति पनि सरकारबाट सोचिबक्सँदै थियो ।'

त्यही उद्देश्यअन्तर्गत राजाले आफ्ना भाइ धीरेन्द्र र सेनाका महासेनानी दिलीप रायमाझीलाई माओवादीसँग सम्पर्क एवं वार्ता गर्न छुट्टाछुट्टै रूपमा खटाएका थिए । वीरेन्द्रले देशमा संकट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीति उल्लेख गर्दै बनाएको 'वाज' नामक योजनाको गोप्य फाइल २०५७ को मध्यतिर आफूलाई अध्ययन गर्न दिएकोबारे शाहले उल्लेख गरेका छन् ।

वीरेन्द्रले पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापालाई फिल्ड मार्सल बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोच बनाएका थिए । 'राजनीतिक नेताहरू र उनीहरूका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो,' शाहले लेखेका छन् ।

२०५७ सालको अन्तिममा चीन भ्रमण गर्दा वीरेन्द्रले आफ्नो प्रस्तावित योजनामा सहयोगको आश्वासन पाएको हुनसक्ने शाहको आँकलन छ । उनले बेलायत र अमेरिकाको सहयोग लिने प्रयास गरेकोसमेत पुस्तकमा उल्लेख छ ।

'आफूले उठाउन चाहिबक्सेको कदममा भारतको सहयोग लिन मौसुफबाट व्यक्तिगत रूपमै प्रयास भइरहेको थियो,' सैनिक सचिव शाहका शब्दमा, 'यसमा भारतको दृष्टिकोण सकारात्मक भएन भने माओवादीसँग रहेको उसको सम्बन्ध उजागर हुने हुँदा भारतलाई नै असजिलो हुनसक्ने सरकारको बुझाइ थियो ।'

आफ्नो तयारी लागू गर्नै लागेका बेला वीरेन्द्र मारिए । 'मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो,' शाहले त्यसलाई राजनीतिक षड््यन्त्र भनेका छन्, 'त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्त्वहरूको हात हुन सक्छ भन्ने मेरो विश्लेषण तथा निष्कर्ष रहेको छ ।'

हत्याकाण्डसँग जोडिएका रहस्य

दरबार हत्याकाण्डका पछाडि भारतीय भूमिका रहेको संकेत पूर्वरथी शाहले गरेका छन् । वीरेन्द्रले राजनीतिक कदम चाल्न लागेकोमात्र नभई जर्मन कम्पनी हेक्लर एन्ड कोकको हतियार 'एसेम्बल' गर्ने कारखाना काठमाडौंमै राख्ने र एचके जी-३६ नामको अत्याधुनिक राइफल उत्पादन गरेर दक्षिण एसियाली मुलुकहरूमा बेच्ने योजना पनि कतिपयले मन नपराएको वृत्तान्त पुस्तकमा छ ।

'एचके जी-३६ राइफल खरिद गर्ने र नेपालमै एसेम्बल गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन । किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो,' शाहका भनाइमा, 'हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुन सक्छ भन्ने मलाई लाग्दछ ।' वीरगन्जमा महावाणिज्य दूतावास स्थापना गर्न, बुटवललगायतका स्थानमा पेन्सन क्याम्प स्थापना गर्न र नेपालका लागि घातक हुने नागरिकता विधेयक जारी गर्न भारतले विभिन्न चरणमा निरन्तर दबाब दिइरहेको समेत उनले उल्लेख गरेका छन् ।

वीरेन्द्रलाई मन नपराउनेहरूले दीपेन्द्रलाई उकासेको पूर्वसैनिक सचिव शाहको दाबी छ । 'दीपेन्द्र सरकारलाई 'ही इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ' भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेका, नसुनेका होइनौं,' शाहले उल्लेख गरेका छन्, 'राजपरिवारभित्रको कलह र विवाद तथा कमीकमजोरीमा खेल्दै युवराजाधिराज दीपेन्द्रको महत्त्वाकांक्षालाई उकासेर लामो तथा सुविचारित षड्यन्त्रअन्तर्गत देशी तथा विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ ।'

हत्याकाण्डपछि यसको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले त्यो रात घटनास्थलमा के भएको थियो भनेर मात्र छानबिन गरेको, तर घटना किन भयो, त्यसमा कसले सहयोग गरेको थियो जस्ता पक्षको खोजी हुन नसकेको शाहको भनाइ छ । त्यसको छानबिन गर्न आवश्यक परे विदेशी विशेषज्ञको पनि सहयोग लिनुपर्छ भनेर जोड दिए पनि राजा ज्ञानेन्द्रले ध्यान नदिएको उनले उल्लेख गरेका छन् । हत्याकाण्डमा मारिएकाहरूको पोस्टमार्टम पनि गरिएको थिएन ।

मुमा बडामहारानी रत्नको 'हुकुम' अनुसार त्यसो गरिएको शाहले खुलासा गरेका छन् । 'महाराजाधिराजको शरीरचाहिँ नचिर्ने हो कि ? हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो,' पुस्तकमा उल्लेख छ ।

माओवादीसँग रुष्ट भारत

राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गरे पनि संविधानसभा निर्वाचनबाट ठूलो शक्ति बनेपछि उसलाई 'साइज' मा राख्न 'मधेस कार्ड' प्रयोग गर्न थालेको शाहको बुझाइ छ । यस सन्दर्भमा उनले २०६३ चैत ७ गते भारतीय राजदूतावासमा कार्यरत द्वितीय सचिव दार्जिलिङ निवासी धीरज मुखियाको घरमा केही साथीहरूसँग डिनरमा जाँदा थाहा पाएको तथ्य सार्वजनिक गरेका छन् ।

त्यसै दिन गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ता मारिएका थिए । 'हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन-चारजना कर्मचारी आइसकेका रहेछन् । तीमध्ये एक जनाको हातमा दुइटा मोबाइल थिए । उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट 'अपडेट' गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए । साथै स्थानीय इन्र्फमरलाई केही निर्देशनसमेत दिँदै थिए । उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो । त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था रअका हुन् भन्ने स्पष्ट भयो,' शाहले लेखेका छन् ।

संयोगवश उक्त घटनाको भोलिपल्ट भेटिएका माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले शाहसँग भनेका रहेछन्, 'भारतलाई हामीले प्रयोग गरिरहेका छौं भन्ने हाम्रो बुझाइ थियो तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौं ।'

संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टीका रूपमा स्थापित हुनु, राष्ट्रियताका नारासमेत अगाडि सार्नु र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीका हैसियतमा पहिले चीनको भ्रमण गर्नुबाट भारत असन्तुष्ट बन्न पुगेको शाहको ठहर छ । 'भारत अब माओवादीबाट आफ्नो हितको रक्षा हुने देखिरहेको छैन । त्यसैले ऊ माओवादीलाई ठीक ठाउँमा ल्याउन चाहन्छ,' उनले लेखेका छन् ।



तत्कालीन सैनिक सचिवको खुलासा-





  •     माओवादीलाई भारतले चक्रातामा

  •     तालिम दिएको थियो

  •     वीरेन्द्रले संसद् भंग गरेर

  •     राजनीतिक कदम चाल्दै थिए

  •     स्वदेशी-विदेशी तत्त्वले दीपेन्द्रलाई

  •     राजा बन्न उक्साएका थिए




भारतद्वारा माओवादीलाई तालिम

भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको भन्ने अनेक संवेदनशील प्रसंग आफू सैनिक सचिव छँदा जानकारीमा आएको शाहको भनाइ छ । त्यस क्रममा उनले २०६० असारतिर सशस्त्र प्रहरीको एउटा कम्पनी भारतको देहरादूननजिक चक्रातामा कमान्डो तालिम लिन जाँदा पाएको सूचना उल्लेख गरेका छन् ।

त्यहाँबाट फर्केका एक इन्स्पेक्टरले आफ्नो गुल्मले चक्रातामा जहाँ तालिम लिएको थियो, एक महिनाअघि माओवादी टोलीले पनि त्यही स्थानमा तालिम लिएको रिपोर्ट बुझाएका थिए । ती इन्स्पेक्टरको भनाइमा, 'सशस्त्रको टोलीलाई तालिम दिने क्रममा जस्तो स्यान्ड मोडल बनाइएको थियो, हुबहु त्यस्तै स्यान्ड मोडल माओवादीले दाङको सतबरिया, अछामको मंगलसेन र संखुवासभाको चैनपुर आक्रमणमा प्रयोग गरेका थिए ।'

तालिम केन्द्रबाहिरका चिया पसलेले समेत 'योभन्दा अगाडि नेपालबाट तालिमका लागि आएको टोलीमा महिला पनि थिए तर तपाईंको टोलीमा महिला रहेनछन्' भनेको पनि ती इन्स्पेक्टरले उल्लेख गरेका थिए । त्यस्तै एकजना प्रशिक्षकले 'भारतले यो के गरेको होला, नेपालका माओवादी र नेपालकै सशस्त्र प्रहरीलाई पालैपालो तालिम दिइरहेको छ' भनेका थिए ।

भारतले श्रीलंका तमिल विद्रोही, बंगलादेशका मुक्ति बाहिनी र तिब्बतका खम्पाहरूलाई चक्राताको त्यही 'इस्ट्याब्लिसमेन्ट-२२' नामक अमेरिकाले बनाइदिएको 'कम्प्लेक्स' मा तालिम दिएको थियो । नेपालका माओवादीलाई समेत त्यहीं तालिम दिइएको सूचना आएपछि आफूले राजा ज्ञानेन्द्रसमेतको सहमतिमा गुप्तचर विभागका पूर्वडीआईजी लालबहादुर थापालाई २०६० साउनमा गोप्य अनुसन्धानमा खटाएको शाहले खुलासा गरेका छन् ।

चक्राता क्षेत्रको जानकार भएकाले थापालाई उक्त जिम्मेवारी दिइएको र उनी त्यही वर्ष दसैं-तिहार ताका त्यहाँ जाने तय भए पनि त्यसपश्चात् उनी 'बेपत्ता' भएको तर आफूचाहिँ सैनिक सचिवबाटै पदमुक्त हुनुपरेको विवरण शाहले उल्लेख गरेका छन् । उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०६० कात्तिकमा राजीनामा मागेका थिए ।

कोसोभोस्थित संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्केका नेपाल प्रहरीका अर्का अधिकृतको सनसनीखेज भनाइ शाहले पुस्तकमा उद्धृत गरेका छन्, 'कोसोभो मिसनमा मैले काम गर्ने सेक्टरका प्रमुख भारतीय सिनियर आईपीएस अधिकृत थिए । एक दिन कुराकानीकै क्रममा उनले भने, 'हेर, नेपालमा हामी जे चाहन्छौं, त्यही हुन्छ । दरबारमा एकजना सैनिक सचिवलाई थाहा भयो कि, भारतले नेपालका माओवादीलाई तालिम दिइरहेको छ । भारतलाई लाग्यो, यसबाट उसलाई इम्ब्यारेसमेन्ट हुन सक्छ, त्यही भएर ती सैनिक सचिवलाई त्यहाँबाट हटाउन जरुरी छ । हाम्रो पनि दरबारमा एडीसी छन्, अरू मान्छे पनि छन् । अनि नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापा त हाम्रै मान्छे हुन् । उनीसमक्ष पनि सैनिक सचिवलाई हटाउन प्रस्ताव पठाइयो । हामीले उनलाई परिचालन गर्‍यौं र महाराजलाई भनेर सैनिक सचिव हटाउन भन्यौं । अनि महाराजले पनि उनलाई हटाए ।'