About Yomari:
योमरि पुन्हीबारे ‘रत्नाबदान बुद्ध वचन’ पुस्तकमा एउटा रोचक किंवदन्ती छ। किंवदन्तीअनुसार धेरै वर्षपहिले पाञ्चालनगर (हालको पनौती) मा सुचन्द्र नाम गरेका एकजना निकै धर्मात्मा महाजन थिए। उनकी पत्नी दयालु र लच्छिनकी थिइन्। तिनीहरूका सन्तान थिएनन्। दुई पतिपत्नीको सानो परिवार थियो। तिनीहरू भगवान् विष्णुका भक्त थिए। एकपल्ट मार्ग शुक्ल पूर्णिमाका दिन सुचन्द्रदम्पतीले घरलाई सफासुग्घर गरी शुद्ध पारेर योमरि बनाउन थाले। त्यसै बेला सुचन्द्र र उनकी पत्नीको परीक्षा लिने विचारले कुवेर त्यहाँ आइपुगे। भगवान् कुवेरले तिनीहरूको कीर्ति थाहा पाइसकेका थिए। त्यसैले कुवेर तिनीहरू कत्तिका धर्मात्मा र दयालु रहेछन् भनी बुझ्न गरिब ब्राह्मणको भेषमा सुचन्द्रको घरमा भिक्षा माग्न गए। यसरी धान्यपूर्णिमाका दिन गरिब ब्राह्मण भिक्षा माग्न आएको देखेर सुचन्द्रदम्पतीले भिक्षा मात्र नदिई ती गरिब ब्राह्मणलाई लशकुश गरी घर भित्र्याए। उनको शरीरमा झुत्रो लुगा थियो, त्यसैले कपडा फेर्न लगाए। ब्राह्मण अन्त पनि भिक्षा माग्न जान हतारिएकाले चाँडै केही खुुवाएर पठाउने तिनीहरूले विचार गरे। गरिब ब्राह्मणको हृदयमा नारायणको बास हुन्छ, अतिथिको सत्कार गर्नु भनेको भगवान्को सत्कार गर्नु हो भन्ने सम्झेर गरिब ब्राह्मणलाई अतिथि मानी आफूहरूले बफाइराखेको योमरिसहित विभिन्न परिकार राखी श्रद्धापूर्वक भोजन गराए। तिनीहरूको अतिथिप्रतिको यस्तो सम्मान र भक्ति देखेर कुवेर भगवान् प्रसन्न भई आफ्नो असली स्वरूप तिनीहरूलाई देखाए। साक्षात् कुवेर भगवान्को दर्शन पाएर सुचन्द्रदम्पती खुसी भए।
भगवान् कुवेरले ‘म कुवेर हुँ’ भन्दै आफ्नो परिचय दिई सुचन्द्रदम्पतीलाई योमरिपूर्णिमामा यमरिपूजा गर्ने विधि बताइदिए। योमरिपुन्हीका दिन बेलुका योमरि बनाइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र कुवेरको प्रतिरूप राखी यमरिका साथ विधिपूर्वक पूजा गर्ने विधि पनि बताइदिए। यसबाट घरको सुख–ऐश्वर्यमा वृद्धि हुने कुरा पनि बताए। आफूसँग ल्याएको बिमिरो पनि कुवेरले सुचन्द्रदम्पतीलाई दिए। त्यसपछि भगवान् कुवेर अन्तध्र्यान भए। सुचन्द्र महाजनले पनि कुवेरले भनेबमोजिम पूजा गरेर चार दिनपछि प्रसाद झिके। प्रसादरूपी यमरि उनले बाँडिदिए। त्यसको प्रतापले उनीहरूको घरमा सुख–ऐश्वर्यले बास गर्यो। पूजाकै प्रभावले दुई दम्पती सुखपूर्वक रहन थाले। दिन, हप्ता, महिना, वर्ष हुँदै यो कुरा सबैतिर फैलिन थाल्यो। त्यसपछि सबैले योमरिपुन्हीको चलन चलाए र घरघरमा योमरि पकाई खान थाले।
योमरि पर्व खासगरी नेवार समुदायमा प्रख्यात छ। यो पर्वको अर्को नाम धान्यपूर्णिमा पनि हो। हाल योमरिपुन्ही सबैको प्यारो र रमाइलो पर्व बन्न पुगेको छ। यो पर्वमा बालक, वृद्ध, युवा सबै रमाउने गर्दछन्। पनौतीबाट जन्मेको योमरि पर्व हाल विस्तार भएर नेपालका कुना–काप्चामा पुगिसकेको छ। अहिले यस पर्वलाई सबै समुदायले मन पराउन थालेका छन्।
योमरिपुन्ही नेपालका महत्वपूर्ण पर्वमध्ये एक हो। नेपालमा मनाइने चाडपर्वमध्ये यसको विशिष्ट स्थान छ। यो पूर्णिमा प्राय मंसिर महिनामा पर्दछ। यही दिन पनौतीको धनेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ। यो मेला भर्नका लागि टाढा–टाढाबाट भक्तजन आउने गर्दछन्।
‘योमरि’ नेवारी शब्द हो। ‘यो’ को अर्थ मन पर्ने र ‘मरि’ को अर्थ रोटी हो। योमरिको शाब्दिक अर्थ ‘मन पर्ने रोटी’ हुन्छ। यो रोटी विशेष किसिमको माटोको भाँडामा बफाएर पकाउने गरिन्छ। यस्तो माटोको भाँडोलाई नेपालभाषामा ‘पोटासी’ भन्ने गरिन्छ। मंसिर महिनामा सबैका घरमा नयाँ बाली भित्रिएको हुन्छ। त्यसैले नयाँ धानबाट पीठो बनाई यो पर्व मनाउने गरिन्छ। त्यो दिन बिहानै उठेर घरलाई शुद्ध बनाई रोटी बनाउन थालिन्छ। योमरि विभिन्न आकारका बनाइने चलन छ। योमरिको आकार निकै सुन्दर र आकर्षक देखिन्छ। योमरि प्राय चाकु र तील हालेर बनाइन्छ। योमरि बफाउनुभन्दा पहिले मुछेको पीठोबाट विषेश आकार दिइन्छ। त्यसपछि चाकु र तीलको मिश्रण त्यसभित्र हालेर बफाउने गरिन्छ। योमरि चाकु र तीलको मात्र बनाइँदैन। कुनै योमरि मासु राखेर बनाइएका हुन्छन् भने कुनैमा खुवा राखेर पनि बनाइन्छ। कसैकसैले स्वादका लागि मासु राखेर पनि पकाएका हुन्छन्। योमरि हेर्दै खाउँखाउँ लाग्ने हुन्छ।
योमरि बनाउने पनि एउटा कला हो। यो जसले पायो त्यसले एकैपल्टमा बनाउन गाहै्र हुन्छ। यो दिन बालबालिका रहरले योमरि माग्न जाने गर्दछन्।
‘योमरि चुइँ चुइँ छुचुँ मारी आइँ,
ब्युसा ल्यासे मब्युसा बुुरिकुटी’
(योमरी नरम नरम अरु कडा रोटी
जसले दिन्छ ऊ तरुनी नदिने बूढी)
भन्दै बालबालिका योमरि माग्ने गर्दछन्। यो परम्परा सदियौँदेखि कायम रहेको छ। यो दिन धनेश्वरमा मेला लाग्नुका साथै काठागणेशको धुमधामसँग जात्रा पनि हुुन्छ। यो जात्रामा सम्पूर्ण नगरवासी सरिक हुने गर्दछन्। पूजाआजासहित खटमा राखिएको गणेशलाई नगरपरिक्रमा गराई गरिने यो जात्राको पनि विशेष महत्त्व छ। बिहान योमरि पकाइसकेपछि खानुअघि योमरि राखेर नगरभित्रका देवीदेवताको पूजा गर्न जाने चलन छ। बेलुका शुद्ध गरी छुट्याइराखेको योमरिका साथ कुमार, गणेश, कुवेर र लक्ष्मीको पूजा गरिन्छ। यसरी पूजा गरेको योमरिलाई चार दिनपछि भक्तिपूर्वक अर्चना गरी प्रसाद झिकिन्छ र योमरिलाई प्रसादका रूपमा बाँडिन्छ। योमरिको महत्त्व धार्मिक तथा सांस्कृतिक क्षेत्रसम्म मात्र सीमित छैन। वैज्ञानिक दृष्टिकोणले समेत यसको ठूलो महत्त्व छ। मंसिर महिना जाडो यामभित्र पर्दछ। मंसिरमा मुटु कमाउने जाडो हुन्छ। यस्तो बेलामा शरीरको तापक्रम सन्तुलित गरिराख्नुपर्ने हुन्छ। त्यसका लागि शरीरलाई तातो बनाइराख्ने खानेकुरा खानुपर्दछ। यस्तो बेलामा योमरिले मानिसको शरीरका लागि आवश्यक न्यानोपना दिन्छ। योमरिभित्र रहेको चाकु र तीलले शरीरको तापमानलाई सन्तुलित बनाइराख्न सहयोग पुर्याउँछ। स्वस्थकर, चिल्लोरहित यो परिकार सबै उमेरका मानिसहरूका लागि उपयोगी पनि छ।
नेपाली सामाजिक जनजीवनमा पनि यो पुन्हीको ठूलो भूमिका छ। सामाजिक जनजीवनको सांस्कृतिक प्रचलनमा योमरि अनिवार्य मानिन्छ। २ देखि १२ वर्षसम्मका बालबालिकाहरूको जोर वर्ष परेको जन्मदिनमा (२, ४, ६, ८, १०, १२) बालकको वर्षअनुसारको योमरि राखी माला बनाएर जन्मदिनमा लगाइदिने चलन छ। बाह्रवर्ष नाघेपछि भने योमरिको माला लगाई जन्मदिन मनाउने चलन छैन। त्यस्तै, गर्भवती महिलालाई माइतीका तर्फबाट योमरिसहित विभिन्न परिकारको भोज खुवाउने चलन छ। नेवार समुदायमा बूढाबूढीको जङ्को (भीमरथारोहण) गर्दा पनि योमरि चाहिन्छ। उपत्यकाको रातो मच्छेन्द्रनाथ र सेतो मच्छेन्द्रनाथको रथ तान्नुअघि योमरि छर्ने प्रचलन अझै छ। हाल योमरि पर्वको महत्व बढ्दै गएको छ। यो पर्व हामी सम्पूर्ण नेपालीको पर्व हो। सांस्कृतिक रूपमा मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत यसको महत्व विशेष छ।ज मार्गपूर्णिमा अर्थात् धान्यपूर्णिमा, आजका दिन उपत्यका लगायतका मुलुकभरका नेवार समुदायले यमरी पुन्ही र ज्यापू दिवस मनाउादै छन्। त्यस्तै नेपालका पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका किराात समुदायले पनि आजकै दिन उधौली पर्व मनाउाने गर्छन्। यस पर्वमा नेवार समुदायले यमरी नामक मीठो खाद्यपरिकार बनाइ खाने चलन छ भने किराात समुदायले पनि नयाा अन्न भित्र्याएको खुसीयालीमा यो पर्व मनाउाने परम्परा छ। त्यसैले किसानहरूको प्रमुख बाली धान काटेर भित्र्याउने समयमा पर्ने भएकोले यी तीनै पर्व कृषि संस्कृतिसाग सम्बन्धित भएको संस्कृतिविद् दिनेशराज पन्तको भनाइ छ।
यी पर्वहरूले नेपाली कृषि संस्कृतिको अस्तित्व बोध गराउानुको साथै नेपाली समाजमा रहेको कृषिको महत्व पनि बुझाउाने उनको भनाइ छ। उनी भन्छन्– ‘हाम्रो देश कृषिप्रधान भएकोले यी तीनैवटा चाडपर्वहरूको आनै महत्व रहेका छन्। र, यो चाड सूर्य उत्तरायण भएको संकेत पनि हो।’
यमरी पुन्ही
नेपालका नेवार समुदायले आज यमरी पुन्ही अर्थात् धान्यपूर्णिमा मनाउादै छन्। प्राकृतिक पर्वको रूपमा मनाइने यस पर्वमा नेवारी खाद्यपरिकार यमरीको विशेष महत्व रहेको छ। यमरी खानले जाडोका लागि आवश्यक शारीरिक ताप तथा ऊर्जा प्राप्त हुनुको साथै कफजन्य रोग पनि नष्ट हुने जनविश्वास छ। चामलको पीठोभित्र खुवा, चाकु तथा विभिन्न मसला राखेर तयार गरिने यमरी नेवारहरूको विशेष एवम् स्वादिष्ट व्यञ्जन हो।
नेवारी किसान समुदायमा आजको दिन चामलको पीठोबाट गणेश, लक्ष्मी, ज्यापू, ज्यापून्ही, ख्याक र कुबेर आदिको प्रतीकको साथ ल्वंचामरी चढाएर ढुकुटी पूजा गरिन्छ। यसरी पूजा गरेमा कृषि उत्पादनमा वृद्धि हुने र भोजनको अभाव नहुने विश्वास गरिन्छ। आजको दिन नेवार समुदायले घरघरमा गई तिहारको देउसी–भैलोमा जस्तै यमरी मागेर खाने र रमाइलो गर्ने गर्दछन्। त्यसक्रममा उनीहरू यस्ता गीत गाउाछन्–
यमरि च्वामू उके दुने हाम्व,
बिउसा ल्यासे मब्युसा बुरिकुती,
त्यछिं त्य, वकछिं त्य,
लाटपाटा कुलिंचा जुत्छी त्य !

No comments:
Post a Comment
thank you