Monday, February 28, 2011

a

बिबोइङ ब्याटलमा नट्ज क्रु भाग्यमानी

धरान, फाल्गुन १५ -
दोस्रो राष्ट्रिय बिबोइङ प्रतियोगिता काठमाडौंको नट्ज क्रु समूहले जितेको छ । धरानका ५ टोलीलाई पछाडि पार्दै नट्ज क्रुले शनिबार आठ हजार रुपैयाँ थाप्यो र ट्रफी उचाल्यो । स्थानीय अर्ज क्रु समूह दोस्रो स्थानमा रह्यो । उसले ४ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

पछिल्लो समयमा सहरी नयाँ पुस्तामाझ पि्रय नृत्यशैली बनेको बिबोइङको प्रतियोगिता द पेस युनियनले यहाँ दोस्रोपटक गरेको हो । 'सहरका युवाहरू लागूपदार्थ सेवनतर्फ आकषिर्त भएका छन्, द पेसका अध्यक्ष सौरभ श्रेष्ठले भने, 'बिबोइङ नृत्यको माध्यमद्वारा उनीहरूमा राम्रो संस्कार ल्याउन चाहेका हौं ।' 

करिब पाँच घन्टासम्म चलेको प्रतियोगितामा छ समूहका ७२ बिबोइज थिए । धरानका ८ वषर्ीय आकाश राई उत्कृष्ट बिबोयर घोषित भए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले ब्याटल समूहहरूलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

बि्रटिस गोर्खा सामुदायिक भवनमा आयोजित प्रतियोगितामा स्थानीय कलाकारहरूले डिजे बेस, टेक्नोको सांगीतिक प्रस्तुतिमा आकर्षक नाच देखाएका थिए । र्‍याम्पमा धराने मोडलहरूको क्याटवाकले थप मनोञ्जन दिएको थियो ।


प्रकाशित मिति: २०६७ फाल्गुन १६ ०८:१०

Sunday, February 27, 2011

बूढो ठिटोको २२ घन्टा

सुव्रत आचार्य

फेब्रुअरी १९ को दिउँसो २ः२० बजे बंगलादेश एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनको स्वागतार्थ  तैनाथ आयोजक संस्थाका सदस्य तथा सुरक्षा निकायका पदाधिकारी मात्र होइनन्, विमानस्थलका कर्मचारीहरू पनि सजक भए । धेरैको हातमा 'खादा' तयार थियो । विमानबाट ओर्लिएपछि विमानस्थलको बसबाट प्रवेशद्वारसम्म आएका कैलो केश भएका अग्ला गोरा अधबैंसे देखा परे ।  उपस्थित सबैमा कसले सबैभन्दा पहिले खादा पहिराउने भन्ने प्रतिस्पर्धा नै चल्यो । प्रायः सबैले मोहनलाई आफूले खादा लगाइदिँदाको तस्बिर  उतार्न आग्रह गरेका थिए । मोहन पनि तम्तयार थिए । सबैले ती गोरा अधबैंसेलाई खादा लगाएको तस्बिर खिचेपछि थाहा भयो कि ती व्यक्ति  ब्रायन एडम्स होइनन्, उनका किबोर्ड बादक गेरी ब्रेट हुन् । गेरीलाई ब्रायन भनेर झुक्किने र अटोग्राफ लिनेहरूको घुइँचो पनि त्यहाँ देखियो ।  केही मिनेटपछि पो कालो ह्याट जस्तो टोपीमा कालै ज्याकेट तथा पिआरजी कन्सर्ट टुर लेखिएको कालो झोला भिरेका ब्रायन एडम्स  नपत्याउने तरिकाले अतिविशिष्ट कक्षमा आइपुगे । उनलाई लगाइदिने खादा कसैसँग बाँकी थिएन । त्यसैले आयोजक सिमान्त गुरुङले हात  मिलाएरै ब्रायनको स्वागत गरे । कतै त्यो ब्रायनको भीडबाट बच्ने उपाय त थिएन ?

विमानस्थलको मूलद्वारमा ब्रायनलाई क्यामेरामा कैद गर्न थुप्रै सञ्चारकर्मीको घुइँचो लागिसकेको थियो । उच्च सुरक्षा प्रबन्धका साथ सरासर  आइरहेका ब्रायन उनीहरूलाई देखेपछि टक्क अडिए र झोलाबाट सानो डिजिटल क्यामेरा झिकेर उल्टो आफैं तस्बिर खिच्न थाले । त्यसपछि  सबैलाई हात हल्लाउँदै जापनीज मित्सोका कम्पनीको बा.८च. ६३१४ नम्बरको गाढा नीलो जेड जिरो फोर कारमा सवार भएर नेपाल प्रहरीको  इस्कर्टिङसहित त्यहाँबाट हुइँकिए र माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै होटल सोल्टी क्राउन प्लाजातर्फ लाग्दा रंगशालामा  मानिसहरूको घुइँचो देखेर उनले नेपालमा आफ्नो कन्सर्ट सफल हुने अनुमान लगाइसकेका थिए । ब्रायनको सवार कार आयोजकमध्येका एक  सिमान्त गुरुङले हाँकेका थिए ।

होटल सोल्टी पुग्नासाथ पञ्चेबाजासहितको टोलीले उनको स्वागत गर्‍यो । सञ्चारकर्मीहरूसंग छोटो अन्तक्रिया गरेपछि उनी होटलको  अतिविशिष्ट सुइटको बैठकमा प्रवेश गरे । सुइटभित्र आयोजकहरू तथा सुरक्षा निकायका केही पदाधिकारीसँग हात मिलाए, त्यसपछि उनी  आराम गर्न सुइटको बेडरुमतर्फ लागे । त्यतिबेला दिनको साढे तीन बजिसकेको थियो । सुइटको बेडरुममा प्रवेश गरेको केही क्षणमै एडम्स  बाहिर निस्किए र 'रुम रिप्लेस' गर्ने इच्छा व्यक्त गरे । सुइट धेरै ठूलो भएको र आफू एक्लो भएकाले होटलकै अरू कुनै कोठामा सिफ्ट हुने  इच्छा उनले देखाए । अन्ततः एडम्सका लागि भनेर सजाइएको सुइटमा उनी नबस्ने नै भएपछि होटल व्यवस्थापनले उनका लागि कोठा नम्बर  ३१६ को व्यवस्था गरिदियो र उनी त्यहाँ आराम गर्न थाले । उनको ब्यान्डका सदस्यहरूलाई क्रमशः ३१७ र ३१८ मा राखिएको थियो । उता  रंगशालामा कन्सर्ट सुरु भैसकेको थियो । हजारौं दर्शक ब्रायनको प्रतिक्षामा राजु लामा, ईश्वर गुरुङ तथा रविन तामाङका गीत सुनिरहेका  थिए । ब्रायन भने सोल्टीको कोठामा आफुलाई तयार पार्दै थिए । यसबीच उनले आफ्नो रुममा अरेञ्ज जुस मगाएका थिए ।

बेलुका ठीक साढे छ बजे ब्रायन सोल्टीको लबीमा मधुर मुस्कान छर्दै देखा परे । उनले कालो ज्याकेट, डार्क ब्लु जिन्समा कालो छालाको जुत्ता  लगाएका थिए । उनको आफ्नै 'ब्रायन स्टाइल' मा चटक्क मिलाएर केश कोरेका थिए । त्यति बेला उनी निकै तन्नेरी देखिएका थिए । गाडीमा  प्रवेश गर्ने बेलासम्म उनी कसैसँग बोलेनन् । अनुहारमा मुस्कुराहट भने जस्ताको तस्तै थियो । उनी मुस्कुराउँदा उनको अघिल्तिरको  दन्तलहरको बीचको खाली भाग प्रस्ट देखिन्थ्यो ।

नेपाल दूरसञ्चारको भवन पारी रंगशालाको उत्तर-पश्चिम ढोकाबाट ब्रायन चढेको कार रंगशालामा प्रवेश गरेपछि मञ्चमा उनी आइसकेको  घोषणा हुँदै थियो । ब्रायनलाई त्यहाँको विशिष्ट कक्षमा लगियो । केही बेर त्यहाँ आराम गर्न लगाउँदा उनको ब्यान्डका सदस्यहरू मञ्चमा  उक्लिएर सेटिङ मिलाउन थाले । ब्रायन मञ्चमा उक्लिएपछि 'क..क..क..क्याटमाण्डू' बोलको वार्मअप गीत सुनाए । कन्सर्टमा केही गीत मात्र  प्रस्तुत गर्लान भन्ने अनुमानविपरित ब्रायनले लगातार २४ वटा गीत सुनाए ।

साढे नौ बजे कन्सर्टबाट फर्किएपछि उनी होटल सोल्टीको लबीमा पुगे र आफ्ना प्रशंसकहरूसँग तस्बिर खिचाए । यस क्रममा ब्रायनले  महिला प्रशंसकहरूलाई बढी प्राथमिकता दिइरहेका थिए । ब्रायन तन बूढो भए पनि मन तन्नेरी भएका पुरुष देखिए । विमानस्थलदेखि नै उनी  विशेष गरी महिला प्रशंसकहरूसंग तस्बिर खिचाउन उत्सुक थिए । पुरुष प्रशंसकसँगभन्दा उनी महिला प्रशंसकहरूसंग केही वार्तालाप पनि  गरिरहेका हुन्थे । मञ्चमा गाउने क्रममा पनि उनले महिला प्रशंसक बृन्दा सिंहलाई नै निम्त्याए । अनि र्फकने बेलामा पनि विमानस्थलमा केही  परिचारिकासँग तस्बिर खिचाए । ५१ वर्षीय यी गायक तन्नेरी रहिरहनुको एउटा रहस्य यो पनि हुनसक्छ ।

कन्सर्टबाट फर्किएपछि रेस्टुराँ जानेक्रममा स्वीमिङ पुलनजिकैको बगैंचामा उनी निकै छिटो हिंडिरहेका थिए । अरूलाई उनको पाइला पछ्याउन  गाह्रो परिरहेको थियो । त्यसैले एडम्सले सबैलाई जिस्काउँदै भने - 'यु गाइज आर रियल्ली स्लो, वाक फास्ट' (तिमीहरू निकै बिस्तारै हिँडिरहे का छौं, छिटो हिंड)' । उनको फुर्तिलो शैलीले सबैलाई हँसाएको थियो ।

आफ्ना भान्छेलाई साथै लिएर आएका ब्रायनले खाएका परिकारहरू सोल्टी होटलको भान्छामा तयार पारिएका थिए । उनले खाना खाने बेलामा  सबैलाई बाहिर निस्कन आग्रह गरियो । उनले सोल्टीको अलफ्रेस्को इटालियन रेस्टुराँमा आफ्नै सेफले बनाएको पास्ता रातिको खानाका रूपमा  खाए । पूर्ण शाकाहारी एडम्सले खानापछि सुन्तालाको फ्रेस जुस पिए । होटल व्यवस्थापनका एक कर्मचारीले जानकारी दिएअनुसार एडम्स  निकै थोरै खाना खाँदा रहेछन् । खानाभन्दा जुस बढी पिउँदा रहेछन् र ब्ल्याक कफी पिउन उनलाई सानो कप होइन, ठूलै मग  चाहिँदो रहेछ ।  रातको खानापछि उनी आफ्नो रुममा विश्राम गर्न गए ।

बिहान रुममा सुन्तलाको जुस र केही फलफूल मगाएका ब्रायनले त्यसपछि सम्भवतः यहाँ केही खाएनन् । साढे १० बजे आयोजक टिम होटल  पुगिसकेको थियो । ब्रायन होटलका कर्मचारीहरूलाई धन्यवाद दिँदै गाडीमा चढे । अघिल्लो दिन उनी आउँदा देखिएको सञ्चारकर्मीको भीड  त्यहाँ थिएन । सम्भवतः कसैलाई पनि ब्रायन र्फकन लागेको समय थाहा नभएको हुनसक्छ ।

साढे बाह्र बजे लन्डन जाने कतार एयरवेजको फ्लाइटमा आफ्नो टिमसहित र्फकन लागेका एडम्सलाई विमानस्थलको अतिविशिष्ट कक्षमा  तस्बिर खिचाउनेहरूको हुलले छाडेन । हुलले पिछा नछोडेका कारण उनी विमानस्थलको एउटा कोठामा गै आयोजकहरूसँग कुरा गर्न थाले । अघिल्लो दिनको कार्यक्रम अत्यन्त राम्रो र सफलतापूर्वक आयोजना गरेकोमा ब्रायनले सुरेशजंग रायमाझी, सिमान्त गुरुङ, रविन गुरुङलगायत सबैलाई धन्यवाद दिए । त्यसपछि एयरपोर्टको सपिङ काउन्टरमा पस्मिनाको स्कार्फ र नेपाली टोपी लिए । आयोजकले ती सामानको पैसा  आफैंले तिरेर उनलाई उपहार दिएको बताएपछि ब्रायन निकै दंग भए र अर्को एउटा स्कार्फ पनि थपे । त्यसपछि उनले कतार एयरवेजको  लाउञ्जमा गएर कफी तथा स्यान्डबीच अर्डर गरे । त्यहाँ पनि प्रशंसकहरूले तस्बिर खिच्न नछाडेपछि ब्रायनले उनीहरूलाई भने- 'कृपया  मलाई दुई मिनेट यी खानेकुरा खान दिनुहुन्छ ?' एक कर्मचारीले हवाईजहाज उनको आगमनको प्रतीक्षामा रहेको बताएपछि उनले उठेर दुई  औंला ठड्याउँदै हात हल्लाए । अन्ततः आगामी वर्ष पर्यटकका रूपमा खुसुक्क नेपाल आएर यहाँको प्राकृतिक दृश्यमा रमाउने वाचा सहित  ब्रायनले भने- 'सी यु गाइज ।'

Saturday, February 26, 2011

झलनाथलाई अब झापड हैन, फूलमाला-रेग्मी


झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममा झापड हानेपछि देशविदेशमा चर्चामा आए सुनसरीका देवीप्रसाद रेग्मी। हिजो उनै झलनाथ माओवादी समर्थनमा प्रधानमन्त्री निर्वाचित भए। नेताको गाला कस्तो हुँदो रैछ त भनी सोध्न पुग्ने पत्रकारहरु किन चुप बस्थे र। गए उनीहरु रेग्मीलाई कस्तो लागिरहेको छ त थाहा पाउन उनको निवासमा। रेग्मीले उनीहरुलाई भने-अब झलनाथलाई झापड हैन, फूलमाला पहिर्‍याउन चाहन्छु। आफूले झलनाथ व्यक्तिलाई नभई नेताको प्रवृत्तिलाई झापड हानेको भन्दै रेग्मीले आफूले झापड हानेको व्यक्ति प्रधानमन्त्री भएकोमा निकै खुसी रहेको पनि बताए।
नभन्दै नेताको प्रवृत्तिलाई झापड हानेको भन्ने उनको दावी हिजो सही साबित भयो। हिजो संसदमा पनि झापड कै चर्चा बढी भयो। प्रचण्डदेखि प्रकाशचन्द्र लोहनीलेसम्म झापड कै कुरा उठाए।
प्रचण्डले अब पनि प्रधानमन्त्री चुन्न नसक्ने हो भने अहिले त थप्पड मात्रै हानेका छन्, भोलिदेखि बाटोमा हिँड्न मुश्किल हुनेछ, जनताले जुत्ता हान्न थाल्नेछन् भनेका थिए। उनले त्यसो भन्दा संसद भवन कसरी हाँसोमा गुञ्जिएको थियो हेर्नलाई क्लिक गर्नुस्-

यसैगरी प्रकाशचन्द्र लोहनीले ‘अहिलेसम्म त झापड रेग्मी मात्रै देखिएका छन्, यस्तै ताल हो भने थुप्रै झापड बहादुरहरु देखिने छन्’ भनेका थिए।
आजका पत्रपत्रिकाले पनि झापडको कार्टुन बनाएर पाठकलाई पेट मिचीमिची हाँस्न बाध्य बनाए। हेर्नुस् अन्नपूर्ण पोस्ट र नागरिकमा छापिएको कार्टुन-

Tuesday, February 8, 2011

झलनाथलाई अब झापड हैन, फूलमाला-रेग्मी


झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममा झापड हानेपछि देशविदेशमा चर्चामा आए सुनसरीका देवीप्रसाद रेग्मी। हिजो उनै झलनाथ माओवादी समर्थनमा प्रधानमन्त्री निर्वाचित भए। नेताको गाला कस्तो हुँदो रैछ त भनी सोध्न पुग्ने पत्रकारहरु किन चुप बस्थे र। गए उनीहरु रेग्मीलाई कस्तो लागिरहेको छ त थाहा पाउन उनको निवासमा। रेग्मीले उनीहरुलाई भने-अब झलनाथलाई झापड हैन, फूलमाला पहिर्‍याउन चाहन्छु। आफूले झलनाथ व्यक्तिलाई नभई नेताको प्रवृत्तिलाई झापड हानेको भन्दै रेग्मीले आफूले झापड हानेको व्यक्ति प्रधानमन्त्री भएकोमा निकै खुसी रहेको पनि बताए।
नभन्दै नेताको प्रवृत्तिलाई झापड हानेको भन्ने उनको दावी हिजो सही साबित भयो। हिजो संसदमा पनि झापड कै चर्चा बढी भयो। प्रचण्डदेखि प्रकाशचन्द्र लोहनीलेसम्म झापड कै कुरा उठाए।
प्रचण्डले अब पनि प्रधानमन्त्री चुन्न नसक्ने हो भने अहिले त थप्पड मात्रै हानेका छन्, भोलिदेखि बाटोमा हिँड्न मुश्किल हुनेछ, जनताले जुत्ता हान्न थाल्नेछन् भनेका थिए। उनले त्यसो भन्दा संसद भवन कसरी हाँसोमा गुञ्जिएको थियो हेर्नलाई क्लिक गर्नुस्-


त्यसैगरी प्रकाशचन्द्र लोहनीले ‘अहिलेसम्म त झापड रेग्मी मात्रै देखिएका छन्, यस्तै ताल हो भने थुप्रै झापड बहादुरहरु देखिने छन्’ भनेका थिए।
आजका पत्रपत्रिकाले पनि झापडको कार्टुन बनाएर पाठकलाई पेट मिचीमिची हाँस्न बाध्य बनाए। हेर्नुस् अन्नपूर्ण पोस्ट र नागरिकमा छापिएको कार्टुन-