Wednesday, November 11, 2015

म्ह:पुजा

नेपाल सम्बत नयाँ बर्षको दिन नेवारहरुले म्ह:पुजा किन गर्दछन ?
तान्त्रिक आचारको पुजा , म्ह: पुजा नेवारहरुबीच अत्यन्तै लोकप्रिय पर्वको रुपमा लिइन्छ | तन्त्रमा गरिएको निर्देशन अनुसार यो बिधि तन्त्राचारबाट टाढीएकाहरु बीच पुगेको देखिन्न वा नेवारहरुबिच मात्र केन्द्रित हुन पुगेको देखिन्छ, यस पर्वलाइ तान्त्रिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ,नेवार तन्त्रचारहरुको उत्कृष्ट ग्रन्थहरु मध्यको एक कुलार्णव तन्त्रको दशौँ उल्लासमा लेखिएको छ . तन्त्र शास्त्रको यो प्रमाणले म्ह: पुजा को दिन आफ्नो शरीर अगाडी मण्डल रेखी कोरी, अन्डा सगुन लिनुलाई बार्षिक पुण्य पुरा गर्ने कर्मको रुपमा लिइएको छ ! नेपाल लिपिमा लेखिएको हस्तलिखित कुलार्णव तन्त्रमा "बर्ष बंधन कर्मस्य फलान बिन्दन्ति मानवा:" भनि लेखिएको पाइन्छ | कार्तिक शुल्क प्रतिपदाको दिन आफुलाई पुजा नगरेको खण्डमा एक बर्ष सम्म गरिएको पुण्य नाश हुन्छ , त्यसैले पुण्य लाभको लागि म्ह पुजा गर्नुपर्ने देखिन्छ | यसरि हिसाब मिलान गर्नुपर्ने दिनको रुपमा म्हपुजा लाइ लिएको देखिन्छ | यस दिनमा देवता पुजा गरि अर्को बर्षको कार्यक्रम तय गर्ने दिनको रुपमा म्हपुजा भएकोले नयाँ बर्षलाइ यस दिनमा गाभिएको हुनसक्ने अधार धेरै देखिएको छ |

पंचाङ्गमा औंसी लाई ३० र पुर्णिमालाइ १५ लेखिन्छ , ३० को गणना पछि अर्को महिना प्रारम्भ हुन्छ,| जसलाई कार्तिक शुल्क प्रतिपदा वा कछलाथ्व १ हुन्छ | कछाला गा ३० मा महिना पूर्ण भएको मानेको खण्डमा १५ दिन अगाबै महिना पुरा भएको देखिन्छ | अर्थात कार्तिक शुल्क लाइ प्रारम्भ मानेपछि ३० दिने एक महिना गणना गर्दा मंगसिर कृष्ण सम्म गणना गर्नुपर्ने हुन्छ | तसर्थ बर्षको प्रारम्भ म्ह पुजा को दिन अर्थात करित्क शुल्क प्रतिपदालाई नै लिनु पर्ने देखिन्छ !
बर्षको प्रारम्भलाई लिएर शास्त्रीय बिधि अनुरुप बैदिक ग्रन्थमा पनि उल्लेख गरिएको छ| कार्तिक औंशीको दिन देवतालाई बत्ति अर्पण गरेमा त्यसलाई ब्रह्म पद प्राप्त हुनेछ | त्यसको भोलिपल्ट अर्थात प्रतिपदाको दिन आफैलाई दिप अर्पण गरि नयाँ बश्त्र लगाई पुजा गरेको खण्डमा यस व्यक्तिले ब्रह्म पद प्राप्त गर्नेछ ! म्ह पुजा तन्त्रिकाचारिहरुले मात्र गर्ने बिधि नभई बैदिकचारिहरुले समेत गर्नुपर्ने शास्त्रीय प्रमाणहरुले देखाउंछ ! त्यसैले यो नेवारहरुको मात्र चलन भने हैन ! श्रोत: तन्त्रमा नेवार / मृगेन्द्र राज सुबेदी (नेवा: पुरोहित, भक्तपुर)

Sunday, November 8, 2015

Football Legend Beckham in Nepal. #beckhamInNepal

Nov 06 2015 International football legend David Beckham was in Nepal . He landed Nepal with team of BBC for his documentary to help UNICEF.He stayed single day in Hotel Dwarika. Riding Safa tempo from Sallaghari to Bhaktapur Durbar Square he visited Padma school , played table tennis with kids, visited classes n then moved to durbar square to play football with childrens.He played 10-20  minutes with those kids. He stayed 3 hours in Bhaktapur and returned back to hotel. Next morning he headed to Argentina for his project. #beckhamInNepal
Pics Collected from different sources.








































काठमाडौं— विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न शुक्रबार नेपाल आएका छन्। बीबीसी डकुमेन्ट्री निर्माणको टोलीसँगै उनी केही बेरअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
दुई वर्षअघि व्यवसायिक फुटबलबाट सन्यासका उनी सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने क्रममा नेपाल आउन लागेका हुन्। युनिसेफ युकेका सद्‌भावना दूत रहेका उनी युनिसेफलाई सघाउने उद्देश्यले ७ दिनमा ७ महाद्विपमा फुटबल खेल्ने क्रममा नेपाल आइपुगेका हुन्।
विमानस्थलबाट निस्केर होटल द्वारिकाजमा केही समय आराम गरेपछि उनी भक्तपुर सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि पुग्ने र बालबालिकासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको बताइएको छ। टमौदी पुगेर उनी बालबालिकासँग फुटबल खेल्नेछन्।
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अभिवादन फर्काउँदै बेकह्याम। तस्विर: दिनेश गोले पपुवा न्यूगिनीमा स्थानीय बालबालिकासँग फुटबल खेलेर नेपाल आएका हुन् । उनी नेपालबाट अर्जेन्टिना जाने कार्यक्रम छ ।
बेकह्यामले थप अन्टार्कटिका, जिबुटी, मायामी, ब्युनस आयर्समा फुटबल खेल्नेछन्। सात महादेशको भ्रमणबाट वेलायत फर्किएर बेकह्यामले अन्तिम खेल म्याचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोडमा खेल्नेछन। सो क्लबबाट उनले ११ वर्ष व्यवसायिक फुटबल खेलेका थिए।
बीबीसी वान र बीबीसी विश्व सेवाको टोलीले निर्माण गर्ने डकुमेन्ट्री ९० मिनेटको हुनेछ। सन् २००५ देखि युनिसेफ युकेको सद्भावना दूत रहेका उनी मलेरिया नो मोर नाम संस्थाका समेत सद्भावना दूत हुन्।
मैले फुटबलले मान्छेको जीवन रुपान्तरण गर्ने प्रभाव पारेको देखेको छु। यो यात्राले मलाई खेलको सकारात्मक पक्ष प्रदर्शन गर्ने अवसर दिनेछु, बेह्यामले भनेका छन्। Source