Wednesday, November 11, 2015

म्ह:पुजा

नेपाल सम्बत नयाँ बर्षको दिन नेवारहरुले म्ह:पुजा किन गर्दछन ?
तान्त्रिक आचारको पुजा , म्ह: पुजा नेवारहरुबीच अत्यन्तै लोकप्रिय पर्वको रुपमा लिइन्छ | तन्त्रमा गरिएको निर्देशन अनुसार यो बिधि तन्त्राचारबाट टाढीएकाहरु बीच पुगेको देखिन्न वा नेवारहरुबिच मात्र केन्द्रित हुन पुगेको देखिन्छ, यस पर्वलाइ तान्त्रिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ,नेवार तन्त्रचारहरुको उत्कृष्ट ग्रन्थहरु मध्यको एक कुलार्णव तन्त्रको दशौँ उल्लासमा लेखिएको छ . तन्त्र शास्त्रको यो प्रमाणले म्ह: पुजा को दिन आफ्नो शरीर अगाडी मण्डल रेखी कोरी, अन्डा सगुन लिनुलाई बार्षिक पुण्य पुरा गर्ने कर्मको रुपमा लिइएको छ ! नेपाल लिपिमा लेखिएको हस्तलिखित कुलार्णव तन्त्रमा "बर्ष बंधन कर्मस्य फलान बिन्दन्ति मानवा:" भनि लेखिएको पाइन्छ | कार्तिक शुल्क प्रतिपदाको दिन आफुलाई पुजा नगरेको खण्डमा एक बर्ष सम्म गरिएको पुण्य नाश हुन्छ , त्यसैले पुण्य लाभको लागि म्ह पुजा गर्नुपर्ने देखिन्छ | यसरि हिसाब मिलान गर्नुपर्ने दिनको रुपमा म्हपुजा लाइ लिएको देखिन्छ | यस दिनमा देवता पुजा गरि अर्को बर्षको कार्यक्रम तय गर्ने दिनको रुपमा म्हपुजा भएकोले नयाँ बर्षलाइ यस दिनमा गाभिएको हुनसक्ने अधार धेरै देखिएको छ |

पंचाङ्गमा औंसी लाई ३० र पुर्णिमालाइ १५ लेखिन्छ , ३० को गणना पछि अर्को महिना प्रारम्भ हुन्छ,| जसलाई कार्तिक शुल्क प्रतिपदा वा कछलाथ्व १ हुन्छ | कछाला गा ३० मा महिना पूर्ण भएको मानेको खण्डमा १५ दिन अगाबै महिना पुरा भएको देखिन्छ | अर्थात कार्तिक शुल्क लाइ प्रारम्भ मानेपछि ३० दिने एक महिना गणना गर्दा मंगसिर कृष्ण सम्म गणना गर्नुपर्ने हुन्छ | तसर्थ बर्षको प्रारम्भ म्ह पुजा को दिन अर्थात करित्क शुल्क प्रतिपदालाई नै लिनु पर्ने देखिन्छ !
बर्षको प्रारम्भलाई लिएर शास्त्रीय बिधि अनुरुप बैदिक ग्रन्थमा पनि उल्लेख गरिएको छ| कार्तिक औंशीको दिन देवतालाई बत्ति अर्पण गरेमा त्यसलाई ब्रह्म पद प्राप्त हुनेछ | त्यसको भोलिपल्ट अर्थात प्रतिपदाको दिन आफैलाई दिप अर्पण गरि नयाँ बश्त्र लगाई पुजा गरेको खण्डमा यस व्यक्तिले ब्रह्म पद प्राप्त गर्नेछ ! म्ह पुजा तन्त्रिकाचारिहरुले मात्र गर्ने बिधि नभई बैदिकचारिहरुले समेत गर्नुपर्ने शास्त्रीय प्रमाणहरुले देखाउंछ ! त्यसैले यो नेवारहरुको मात्र चलन भने हैन ! श्रोत: तन्त्रमा नेवार / मृगेन्द्र राज सुबेदी (नेवा: पुरोहित, भक्तपुर)

No comments:

Post a Comment

thank you