Monday, February 28, 2011

a

बिबोइङ ब्याटलमा नट्ज क्रु भाग्यमानी

धरान, फाल्गुन १५ -
दोस्रो राष्ट्रिय बिबोइङ प्रतियोगिता काठमाडौंको नट्ज क्रु समूहले जितेको छ । धरानका ५ टोलीलाई पछाडि पार्दै नट्ज क्रुले शनिबार आठ हजार रुपैयाँ थाप्यो र ट्रफी उचाल्यो । स्थानीय अर्ज क्रु समूह दोस्रो स्थानमा रह्यो । उसले ४ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

पछिल्लो समयमा सहरी नयाँ पुस्तामाझ पि्रय नृत्यशैली बनेको बिबोइङको प्रतियोगिता द पेस युनियनले यहाँ दोस्रोपटक गरेको हो । 'सहरका युवाहरू लागूपदार्थ सेवनतर्फ आकषिर्त भएका छन्, द पेसका अध्यक्ष सौरभ श्रेष्ठले भने, 'बिबोइङ नृत्यको माध्यमद्वारा उनीहरूमा राम्रो संस्कार ल्याउन चाहेका हौं ।' 

करिब पाँच घन्टासम्म चलेको प्रतियोगितामा छ समूहका ७२ बिबोइज थिए । धरानका ८ वषर्ीय आकाश राई उत्कृष्ट बिबोयर घोषित भए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले ब्याटल समूहहरूलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

बि्रटिस गोर्खा सामुदायिक भवनमा आयोजित प्रतियोगितामा स्थानीय कलाकारहरूले डिजे बेस, टेक्नोको सांगीतिक प्रस्तुतिमा आकर्षक नाच देखाएका थिए । र्‍याम्पमा धराने मोडलहरूको क्याटवाकले थप मनोञ्जन दिएको थियो ।


प्रकाशित मिति: २०६७ फाल्गुन १६ ०८:१०

No comments:

Post a Comment

thank you