Tuesday, February 8, 2011

झलनाथलाई अब झापड हैन, फूलमाला-रेग्मी


झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममा झापड हानेपछि देशविदेशमा चर्चामा आए सुनसरीका देवीप्रसाद रेग्मी। हिजो उनै झलनाथ माओवादी समर्थनमा प्रधानमन्त्री निर्वाचित भए। नेताको गाला कस्तो हुँदो रैछ त भनी सोध्न पुग्ने पत्रकारहरु किन चुप बस्थे र। गए उनीहरु रेग्मीलाई कस्तो लागिरहेको छ त थाहा पाउन उनको निवासमा। रेग्मीले उनीहरुलाई भने-अब झलनाथलाई झापड हैन, फूलमाला पहिर्‍याउन चाहन्छु। आफूले झलनाथ व्यक्तिलाई नभई नेताको प्रवृत्तिलाई झापड हानेको भन्दै रेग्मीले आफूले झापड हानेको व्यक्ति प्रधानमन्त्री भएकोमा निकै खुसी रहेको पनि बताए।
नभन्दै नेताको प्रवृत्तिलाई झापड हानेको भन्ने उनको दावी हिजो सही साबित भयो। हिजो संसदमा पनि झापड कै चर्चा बढी भयो। प्रचण्डदेखि प्रकाशचन्द्र लोहनीलेसम्म झापड कै कुरा उठाए।
प्रचण्डले अब पनि प्रधानमन्त्री चुन्न नसक्ने हो भने अहिले त थप्पड मात्रै हानेका छन्, भोलिदेखि बाटोमा हिँड्न मुश्किल हुनेछ, जनताले जुत्ता हान्न थाल्नेछन् भनेका थिए। उनले त्यसो भन्दा संसद भवन कसरी हाँसोमा गुञ्जिएको थियो हेर्नलाई क्लिक गर्नुस्-


त्यसैगरी प्रकाशचन्द्र लोहनीले ‘अहिलेसम्म त झापड रेग्मी मात्रै देखिएका छन्, यस्तै ताल हो भने थुप्रै झापड बहादुरहरु देखिने छन्’ भनेका थिए।
आजका पत्रपत्रिकाले पनि झापडको कार्टुन बनाएर पाठकलाई पेट मिचीमिची हाँस्न बाध्य बनाए। हेर्नुस् अन्नपूर्ण पोस्ट र नागरिकमा छापिएको कार्टुन-

No comments:

Post a Comment

thank you