![laxman](http://media.mysansar.com/wp-content/uploads/2011/03/laxman.jpg)
किसुनजीलाई अन्तिम श्रद्धाञ्जलि दिन दशरथ रंगशाला पुगेका कांग्रेस कार्यकर्ताहरुलाई यस्ता शब्दवाण प्रहार गरेर गाली गरिरहेका थिए सडक नेता लक्ष्मणसिंह खड्का। मरिसकेपछि सबले महान नेता भन्दै प्रशंसा गरिरहेका बेला कटु सत्य बोलिरहेका थिए यी ‘क्र्याक’ भनिने खड्काले।
रंगशाला र त्यस वरपर साथी बद्रीकुमार न्यौपानेले खिचेका फोटोहरु हेर्न भित्र आउनुस्।
हामी नेपालीहरुको एउटा फरक संस्कृति छ- हामी गुणदोषका आधारमा हैन, कसैलाई लहड कै भरमा मूल्याङ्कन गर्छौँ। प्रशंसा गर्नुपरेमा टाउकोमाथि चढाउँछौँ, गाली गर्नुपरेमा पातालै भासिने गरी गाली गर्छौँ। बाँचुन्जेल आलोचना गरिएकाहरु मरेपछि महान बनाइन्छन्। मरिसकेपछि त्यो व्यक्तिसँग आफूलाई जोड्दै ‘उहाँले मलाई यसो भन्नुभएको थियो, उसो भन्नुभएको थियो’ भन्छन्। मर्ने मरेर गइसके, हैन भनेर भन्ने को ?
सद्देहरु पागल बन्दा पागलले बरु सही बोल्ने रहेछ- एक साथीले टिप्पणी गरे।
कहिले पृथ्वीनारायण शाहको शालिकमा रंग पोतेर, कहिले शहीद गेटमा राष्ट्रिय झण्डा फहराएर त कहिले जीउभरी विभिन्न नारा पोतेर ‘बहुलाहा’ पाराले हिँड्ने भर्याङ चिह्न लिएर चुनावमा समेत उम्मेदवार बनिसकेका खड्काको गाली अझै कम भएको थिएन- भट्टराईले पार्टी परित्याग गर्दा सबैभन्दा खुसी हुने सुशील कोइराला थिए, गिरिजाबाबुको प्रतिद्वन्द्वी गए भनेर। भट्टराईलाई अन्तर्घात गरेर हराउने प्रमुख व्यक्ति सुशील कोइराला नै हुन्। एक शब्द बोल्न सक्छौ ऊविरुद्ध ?
उनको गाली सुनेर मान्छेहरु हाँसिरहेका थिए। बढी नै बोल्न थालेपछि नेविसंघका केटाहरु अगाडि आए। अनि उनको बोली रोकियो।
![DSC_1808](http://media.mysansar.com/wp-content/uploads/2011/03/DSC_1808-520x358.jpg)
पुष्पगुच्छाको व्यापार।
![mero-ma](http://media.mysansar.com/wp-content/uploads/2011/03/mero-ma-520x347.jpg)
No comments:
Post a Comment
thank you