विजयरत्न तुलाधर- नेपाल भाषाको फिल्म 'राजमती'मा सँगै काम गरेपछि निर्देशक नीर शाहले डायमन्ड शमशेर राणाको उपन्यासमा आधारित 'वसन्ती'मा पनि अवसर दिनुभयो। ऐतिहासिक फिल्ममा काम गर्ने चाहना थियो। पाउँदा खुशी लाग्यो। 'वसन्ती' पहिला पनि पढेको थिएँ। फिल्म नै बनाउन लागेपछि त फेरि पढ्नुपर्यो भनेर खोजेँ। अर्को भेटमा शाहले सचेत गराउनु भयो, 'निर्देशन विभागका कसैले पनि वसन्ती नपढ्नू!' उहाँले किन यसो भन्नु भयो भनेर कसैले पनि सोधेनौँ। सायद उहाँ आफ्नो एकल सोच फिल्ममा प्रस्तुत गर्न चाहनुहुन्थ्यो।
२०५२ सालदेखि काम सुरु भएको 'वसन्ती' २०५७ सालमा रिलिज भयो। स्त्रि्कप्टको काममा म खासै सहभागी भइन। डायमन्ड शमशेर र नीर शाहले नै यो काम पूरा गर्नु भएको हो। मलाई लाग्छ संवादमा डायमन्ड शमशेरको प्रभाव बढी भयो भने पटकथामा नीर शाहको। सुटिङको तयारी हुँदै गर्दा पनि शाहले पटकथा परिवर्तन गर्नु भएको मलाई थाहा छ। सुटिङमा तीन/चार पटक डायमन्ड शमशेर आउनु भएको थियो। हामीसँग त फिल्मको बारेमा धेरै सोध्नु हुन्थेन। तर, शाहसँग फिल्मको कामबारे गफ भइरहन्थ्यो। 'वसन्ती'माथि धेरैले फिल्म बनाउन खोजे। तर, राणाले दिनु भएन। नीर शाहलाई पनि सुरुमा उहाँले अनुमति दिन इन्कार गर्नुभएको थियो। शाहले 'ह्यान्डसम' पारिश्रमिक दिने बताएपछि फिल्म बनाउने स्वीकृति त दिनुभयो। तर, उहाँको शर्त कडा थियो, 'गगनसिंहको भूमिका तपाई (नीर शाह)ले निर्वाह गर्ने भए दिन्छु।' शाहले 'हुन्छ' भन्नुभएछ। तर, त्यो भूमिकामा उहाँले राजेश हमाललाई खेलाउनु भयो। वचन अनुसारको पैसा दिए पनि भूमिका परिवर्तनको घटनालाई उहाँले कसरी मिलाउनु भयो थाहा छैन। तर, राजेश हमालको अहिलेसम्मकै उत्कृष्ट अभिनय देखियो फिल्ममा। राजेश र करिश्मा दुवैको कामको राणाले तारिफ गर्नुभएको थियो। शाहको छनोट ठिक लागेर नै सायद उहाँले केही गुनासो गर्नुभएन।
फिल्मको 'ट्रायल सो'मा राणाले गर्नुभएको कमेन्ट निकै घत परेको थियो मलाई। गगन सिंहको निवास 'वसन्त बाग'को सुटिङ कुरिनटारमा गरिएको थियो। त्यहाँ गगनसिंहले घोडा चढेको दृश्य खिच्नुपर्ने, भनेजस्तो घोडा पाइएन। खच्चड जस्तोबाटै काम चलायौं। फिल्म हेरेपछि उहाँले पक्रिहाल्नु भयो। 'गगन सिंहले टट्टु चाहिँ चढ्दैन कि!' भन्दा हामी नाजवाफ हुनुपरेको थियो।
कृतिमाथिको फिल्मसँग रचनाकार हम्मेसी सहमत हुँदैनन्। तर, राणा धेरै कुरामा सहमत हुनुहुन्थ्यो। 'फिल्ममा प्रेमकथालाई हाइलाइट गरियो। राजनीतिक घटनामा जोड दिइएको भए हुन्थ्यो,' भन्ने अभिप्राय चाहिँ उहाँले निकै पछिसम्म पनि प्रकट गर्नु भएको थियो।
पछि 'वीर गणेशमान' बनाउने सिलसिलामा अधुसन्धानको लागि उहाँसँग भेटेको थिएँ। उहाँले 'जेलबाट छुटेपछि सबैभन्दा पहिला 'गणेशमान सिंह जिन्दावाद!' भन्ने मान्छे म नै हुँ', भन्दा अचम्म लागेको थियो। फिल्ममा हामीले यो प्रसंग पनि राख्यौं। उहाँले नै एउटा घटनाको बारेमा हाम्रो बुझाइ परिवर्तन गरिदिनुभयो।
गंगालाल लगायतका चार सहिदलाई नरशमशेरले गोली हानेको हामीले सुनेका थियौं। फिल्ममा त्यही कुरा उतार्ने योजना थियो। 'यो एकदमै झुट हल्ला हो। नरशमशेरले मारेको होइन भन्ने प्रमाण नै दिनसक्छु,' उहाँले यसो भनेपछि हामीले नरशमशेरको आदेशमा अरूले नै गोली चलाएको दृश्य राख्यौं।
'वसन्ती' रिलिज भएपछि उहाँकै अर्को उपन्यास 'सेतो बाघ'माथि सिरियल बनाउने तयारी नीर शाहले गर्नुभएको थियो। शाह क्रियटिभ निर्देशक हुनुहुन्थ्यो। म पनि निर्देशकमध्ये एक थिएँ। यसको मुहूर्त पनि गरिएको थियो। मृदुला खनाल सिरियलकी मुख्य पात्रमा छानिएकी थिइन्। राणाले यो छनोटलाई 'पर्फेक्ट' बताउनु भएको थियो। पछि के के भएर सिरियल बन्न सकेन।
कृति पढ्न लेखिन्छ। 'वसन्ती' व्यापक पढिएको कृति हो। फिल्म बनेपछि कृति अझै बिकेको राणाले बताउनु भएको थियो। मलाई फिल्मले उपन्यासको मर्म उजागर नगरेको जस्तो लाग्दैन। नीर शाहसँग धेरै काम गरेँ। उहाँ यसमा जति खटेको मैले देखेको छैन। कथाको गहनता र रोमाञ्चकता त छँदैछ, शाहको अभिव्यक्ति कला पनि यसमा बिर्सन नमिल्ने पाटो हो। उपन्यासको रुपान्तरण जीवन्त होस् भनेर फाइनल प्रिन्ट तयार पार्दासम्म काँटछाट भएको थियो। सेन्सरको कारण कोत पर्वलाई 'रक्तरन्जित' देखाउन नसकेको चाहिँ हो। उपन्यासमा वर्णन गरेजस्तो भएन भन्ने केही प्रतिक्रिया पनि आएको थियो।

('वसन्ती'का मुख्यसहायक निर्देशक तुलाधरसँग सन्तोष रिमालले गरेको कुराकानी)
No comments:
Post a Comment
thank you