Sunday, March 20, 2011

यस्तो देखियो स्वयम्भूबाट सुपर मून By Salokya, on March 19th, 2011

१८ वर्षपछि पहिलो पटक देखिन लागेको अरु बेलाभन्दा चम्किलो र ठूलो आकारको विशेष जून (सुपर मून) हेर्न स्वयम्भू पुगेको थिएँ। चन्द्रमा उदाउँदै गर्दा ठूलो देखिने हो, अझ उदाउँदै गरेको चन्द्रमाको अगाडि पहाड वा अरु केही चिज पर्‍यो भने चन्द्रमा निकै ठूलो देखिन्छ। तर चन्द्रमा उदाउने समय साँझ ५:५७ मा बादल लागेकोले चन्द्रमा नै देखिएन। धेरै बेरसम्म पनि चन्द्रमा नदेखिएपछि निराश भएको थिएँ। ६ बजेर ४४ मिनेटमा बल्ल चन्द्रमा बादलको घुम्टो उघार्दै देखिन थाल्यो। अहो, स्वयम्भूमा चन्द्रमा पर्खेर बसिरहेकाहरु सबै रमाए, खुसीले चिच्याए।


लोडसेडिङले अँध्यारो भएको उपत्यका र आकाशमा उज्यालो जून।



यो ठीक ६ बजेर ४४ मिनेट जाँदा बादलुको घुम्टो उघार्दै चियाउँदै गरेको जून।


No comments:

Post a Comment

thank you