Thursday, October 20, 2011

कुकुर तालिम स्कुल

१. नेपाल प्रहरीको इतिहासमा कुकूर सेवा:-
अपरेशनकलागि तयार तालिम प्राप्त कुकुरहरु
तालिम प्राप्त कुकुरहरु
अपरेशनकलागि तयार तालिम प्राप्त कुकुरहरु तालिम प्राप्त कुकुरहरु
  • नेपाल प्रहरीमा कुकूर सेवा संचालनको लागि बि.सं.२०२६ सालमा केही प्रहरी अधिकृतहरुलाई मलेसियामा कुकूर तालीमको लागि पर्ठाई मलेसियाबाटै ४ वटा तालीम प्राप्त कुकूर ल्याई कुकूर सेवाको थालनी भएको हो ।
  • यस सेवालाई बि.सं.२०३२ सालमा १० जना दरबन्दी सहितको प्रहरी कुकूर शाखाको रुपमा स्थापना गरिएको ।
  • बि.सं.२०४७ सालमा यसबाट प्राप्त उपलव्धी र यसको आवश्यकताको महशुस गरी स्तररोउन्नती गर्ने क्रममा केन्द्रीय स्तरमा केन्द्रीय प्रहरी कुकूर तालीम स्कूल र क्षेत्रीय स्तरमा पाँचै क्षेत्रमा क्षेत्रीय कुकूर शाखाको स्थापना गरिएको र हाल पश्चिम क्षेत्र पोखरा र पुर्ब क्षेत्र धरानमा कुकूर सेवा संचालनमा समेत रहेको छ ।
 
२. प्रहरी कार्यमा कुकूर सेवा तथा तालीम स्कूलको स्थापनाको उद्धेश्य:-
  • असल जातका कुकूर – (Pedigree Dog) उत्पादन गर्ने  ।
  • उत्पादित कुकूरलाई आवश्यक तालीम दिने ।
  • दक्ष जनशक्ति Handler / Trainer तयार गर्ने ।
  • अपराध र अपराधी संगको सम्बन्धित तथ्यहरुको पहिचान गर्न अपराधिको खोजी गर्न र  अनुसन्धानको दायरालाई साँगुरो तुल्याउने ।
  • हात हतियार तथा बिष्फोटक पदार्थको खोजी गर्ने र त्यस्ता बस्तु कृयाशिल हुनु भन्दा अगाबै त्यसको पहिचान गरी क्षती हुन नदिने ।
  • लागु औषध खोजी गर्ने तथा यसको ओसार पसारलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पु-याउने ।
  • दैवी प्रकोपको समयमा उद्धार कार्यमा कुकूर सेवा प्रदान र लुकाई छिपाई राखेको व्यक्तिहरुको खोजी गर्ने ।
  • प्रहरीको जन सम्पर्क अभिवृद्धी गर्न कुकूरको प्रयोग गर्ने ।

३. हाल स्कूलबाट प्रदान गरिने कुकूर सम्बन्धि तालीमहरु:-
  • Dog handling Basic Training .Dog training
  • Arms and Explosive Identification Dog training .
  • Tracker Dog Training .
  • Search and Rescue Dog Training .
  • Drugs Identification Dog training .
कुकुर तालिम अनुसन्धानमा प्रयोग भइरहेको कुकुर कुकुर तालिम
कुकुर तालिम अनुसन्धानमा प्रयोग भइरहेको कुकुर कुकुर तालिम
 
४.अपराध अनुसन्धानको लागि कुकूर प्रयोग गरिने क्षेत्र तथा आधारहरु:-
  • अपराधिको खोजी - हत्या,खुन,डाँका,चोरी र अपहरण जस्ता कार्यमा संलग्न अपराधिलाई उनिहरुले अपराध गर्दाको बखत घटनास्थलमा छाडी गएको सबुद प्रमाण तथा पद चिन्हको गन्ध कुकूरलाई सुँर्घाई त्यही गन्धको आधारमा अपराधिले प्रयोग गरेको बाटो पछयाउदै मिल्दो गन्ध बाहक व्यक्तिलाई पहिचान गर्नु हो । यस कार्यको लागि घटनास्थल सुरक्षित र गन्ध यूक्त प्रमाण तथा घटना घटेको २४ घण्टा भित्रै हुनु पर्दछ । यस्तो कार्यमा प्रयोग हुने कुकूरलाई Tracker Dog भनिन्छ ।
  • हात-हतियार तथा बिष्फोटक पदार्थको खोजी - समाजमा रहेका अवान्छित तत्वहरुले हा.ह.तथा बिष्फोटक पदार्थ प्रयोग गरी पु-याउन सक्ने मानविय तथा सार्बजनिक सम्पत्तिहरुको क्षति हुन नदिन र यसलाई न्यूनिकरण गर्न स्वदेशी तथा बिदेशी बिशिष्ट व्यक्तिहरु रहने निवासस्थान,प्रयोग गर्ने सवारी साधान, सवारीमार्ग समारोहस्थल, कार्यालय भवन र महत्वपुर्ण प्रतिष्ठानहरुमा कुकूरद्धारा स्नेफिङ्ग गराई त्यस्ता पदार्थहरु क्रिर्याशिल हुनु अगावै कुकूरद्धारा पहिचान गर्नु हो । यो एक भरपर्दो र प्रभावकारी माध्यम हो । यस्ता कार्यमा प्रयोग हुने कुकूरलाई Sniffer Dog भनिन्छ  । यस Dog हरुले गन्धको आधारमा त्यस्ता बस्तुहरु सहजै पहिचान गर्न सक्दछन् ।
  • लागु औषध खोजी कार्य-यस अन्तर्गत लागु औषधको ओसार पसार,बिक्री बितरण भण्डारण तथा उपयोग गर्ने कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्ने कार्यलाई सहयोग पु-याउने हेतु यस्ता क्षेत्रहरुको पहिचान गरी बिभिन्न नाका तथा स्टेशनहरुमा कुकूर परिचालन गरिदै आईरहेको र यसबाट प्रभावकारी उपलव्धी हासिल भईरहेको छ । यस्ता कार्यमा प्रयोग हुने कुकूर लाई    Sniffer Dog भनिन्छ ।
  • दैवी प्रकोपको अबस्थामा खोजी कार्य - प्राकृतिक बिपत्तिको समयमा हराएका वा पुरिएका व्यक्ति तथा र्घाईते अवस्थामा रहेका मानिसहरुको खोजी कार्यको लागि Rrscue Dog प्रयोग गरिदै आईरहेको छ । भने अर्को तर्फ अपराधिक समुहले अपहरण पश्चात अज्ञात स्थानमा लुकाई राखेका व्यक्तिहरुको समेत Rrscue Dog को सहायताले खोजी गरिदै आई रहेको छ ।
५.अन्तराष्ट्रिय बिमानस्थलमा कुकूरको प्रयोग:-एयरपोर्टमा कुकुरको प्रयोग२०६४ साल मार्ग महिना देखी विमानस्थलबाट आवत जावत गर्ने यात्रु बर्गको सुरक्षार्थ तथा गैहृ कानुनी मालसामान ओसार पसार जस्ता कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्नको लागि २४ सै घण्टा कुकूर सेवा उपलव्ध गर्राईएको छ ।
६.नेपाल प्रहरीमा प्रहरी कार्यमा सेवारत कुकूर संख्या:-
केन्द्रीय प्रहरी कुकूर तालीम स्कूलमा ४१ ,पश्चिम क्षेत्रीय प्रहरी कुकूर शाखा पोखरामा ५ र पूर्ब क्षेत्रीय प्रहरी कार्यालय कुकूर शाखा धरानमा ४ गरी जम्मा ५० कुकूर संख्या रहेको ।
७. अनुसन्धानको लागि कुकूर प्रयोग गर्दा सफलता प्राप्त केही प्रमुख घटनाहरु:-
  • २०४० सालमा चरिकोटको मकै बारीमा,आफनै काका काकी र बहिनिलाई सुतिरहेको अबस्थामा खुकुरी प्रहारबाट हत्या गरी फरार अभियूक्त शोभा श्रेष्ठलाई कुकूरद्धारा पक्राउ ।    
  • २०५३।११।१८ बुढानिलकण्ठमा एक ६० बर्षिया बृद्धालाइ घाटिथिची मारी फरार अभियूक्तलाई कुकुरद्धारा पक्राउ ।
  • २०५४।३।७ सि.पा. घुस्कन गा.बि.स.१ बस्ने बर्ष ४१ को अजोध्या तिमिल्सिना सहित ३ जनालाई सुतिरहेको अबस्थामा खुकुरीले घाटी रेटी हत्या गरेको केशमा कुकुरले संकेत गरेको व्यक्तिले अपराध स्वीकार गरेको ।
  • २०६४।८।७ होटल सोल्टीमा अमेरिकन भू.पू.राष्ट्रपति जिमि कार्टरको सवारी चलाउने कार्गेड गाडीमा कुकूरद्धारा स्नेफिङ्ग गराउँदा हतियार फेला पारेको ।
  • २०६४।६।१८ गते अज्ञात समुहबाट अपहरण गरी बेपत्ता पारी हत्या गरिएका पत्रकार बीरेन्द्र शाहको शव बारा जि.को डुमरवाना गा.बि.स.७ टागिया बस्तीको पुर्वी जंगलमा छ भन्ने शंकाको आधारमा उक्त स्थानमा कुकुरद्धारा खोजी कार्य गराउँदा पत्रकार शाहलाई हत्या गरी उनको शब गाडिएको स्थानलाई मिति २०६४।७।२३ गते कुकूरद्धारा पत्ता लगाएको ।
  • २०६२।९।९ गते पोखरा स्थित रङ्गगशाला गेटमा बिशिष्ट व्यक्तितत्वहरुलाई क्षती पु-याउने उद्धेश्यले जमिन मुनी लुकाई बिष्फोटन गराउन बिद्युतिय तारको माध्यमद्धारा तयारी हालतमा राखिएको ठूलो परिमाणको अन्दाजी २० के.जी. बिष्फोटक पदार्थ लुकाएको स्थानलाई कुकूरले पहिचान गरी ठूलो मानविय क्षती हुनबाट बचाएको ।
  • २०६५।९।६ ठमेल स्थित भिया नामक होटल, बिन्दाबासिनी गेष्ट हाउस, सृप्रिम गेष्ट हाउस र होटल  पटलामा कुकूरद्धारा खोजी कार्य गराउँदा केही परिमाणमा ला.औ.फेला परेको ।
  • २०५८ साल पुष ८ गते सुनसरी जिल्ला पाँचकन्या गा.बि.स.३ बस्ने पृथ्वी बहादुर थापा र जस बहादुर र्राईको हत्यामा संलग्न फरार अभियूक्तलाई कुकूरद्धारा पक्राउ ।

हाल स्कूलमा रहेका बिषयगत कुकूरहरु:
Tracking the Criminals ( पद चिन्हको आधारमा अपराधीको खोजी गर्ने ) ६
Search and Identification of Arms and Explosive  ( हा.ह.तथा बिष्फोटक पदार्थ खोजी तथा पहिचान ) १४
Search and Identification of Drugs ( लागू औषध खोजी तथा पहिचान ) १०
Casualties Detection & Rescue ( दैवि प्रकोपको समयमा र्घाईतेको उद्धार तथा हराएका मानिसको   खोजी  )

अन्तमा सर्ब साधारणमा अपिल:-
कुनै पनि अपराधिक घटना घटेको अबस्थामा घटनास्थललाई सुरक्षित राखी कुकूरद्धारा गरिने अनुसन्धानलाई पहिलो प्राथामिकता दिउँ ।
कुनै पनि स्थानमा गैहृ कानूनी लागु औषधजन्य चिज बस्तु लुकाई छिपाई राखेको छ भन्ने लागेमा कुकूरको मांग गरी यस्तो कार्य गर्नेलाई निरुत्साहित तुल्याई समाजलाई स्वस्थ्थ राखौ ।
अनुसन्धानमा भागलिदैगरेको कुकुरसमाजमा रहेका अवान्छित तत्वद्धारा हात-हतियार तथा बिष्फोटक पदार्थ प्रयोग गरी पु-याउन सक्ने धनजनको क्षती हुन नदिन त्यस्ता शंकास्पद व्यक्ति रहने स्थान,समान लुकाई छिपाईराखेको स्थानका बारेमा प्रहरीमा सुचना दिई समयमै कुकूर परिचालन गर्ने बाताबरणको सृजना गरौ ।
समाप्त

No comments:

Post a Comment

thank you