Sunday, October 23, 2011

एमाले महासचिवको साइट साउदी अरबका ह्याकरको कब्जामा

काठमाडौँ, कात्तिक ४ (नागरिक)- एमाले महासचिव ईश्वर पोखरेलको व्यक्तिगत वेबसाइट आफूलाई साउदी अरबको बताउने एक ह्याकरको नियन्त्रणमा पुगेको छ। सो साइटमा पोखरेलले एमालेका वक्तव्य र आफ्ना लेखहरु राख्दै आएका थिए।

हाल उनको पेजमा अल-ब्रोफसोर ५०२ द्वारा ह्याक गरिएको भन्ने सन्देश  र अंग्रेजी गीत मात्र सुन्न सकिन्छ।
उनले एक वर्षअघिदेखि साइट सुरु गरेका थिए। साइट नेपालको रेडियन्ट इन्फोटेक कम्पनीमार्फत् दर्ता गरिएको हो।

No comments:

Post a Comment

thank you