Wednesday, October 26, 2011

शक्तिशालीहरूको अनौठो लीला

भोला महतो

दक्षिण अफ्रिकाकै छिमेकी देश स्वाजिल्यान्डका राजा मस्वाती तृतीयको यौनलीला अझ रोचक छ। ३९ वर्षिय मास्वातीले अहिलेसम्म १४ वटी श्रीमती भित्र्याइसकेका छन्। उनी प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो साता नितम्ब, स्तन र यौनाङ्गहरू देखाउँदै  आफ्नै अघि 'उम्हालाङ्गा' नामक उत्तेजक नाच देखाउने दसौं हजार युवतीबाट श्रीमती छान्छन्। उनका बुबा राजा सोबुजा द्वितीयले यही परम्पराबाट ७० वटी श्रीमती भित्र्याएका थिए।



सर्वसाधारण मानिसहरू यौन मामिलामा चिप्लिनु अनौठो मानिँदैन तर जब राजनीतिमा स्वच्छ छवि कायम राख्नुपर्ने शक्तिशालीहरू नै चिप्लिछन् भने आममानिसलाई विचित्र लाग्नु स्वाभाविक हुन्छ। यौनसम्बन्धका लागि चर्चामा आउने केही यस्ता शक्तिशाली  रसिक छन्, जो विश्व हाँक्ने काममा अग्रपंक्तिमा छन्।

रङ्गभेदविरोधी विश्वका महान् नेता नेल्सन मण्डेलालाई नै लिउ“m, उनले आफ्नो जीवनकालमा तीनवटी श्रीमती भित्र्याए। २७ वर्ष जेलजीवन बिताएका मण्डेलाले सन् १९५७ मा इभेलिन न्तोको मासेसँग पहिलो विवाह गरे र दुई छोरा, दुई छोरी जन्माए।

इभेलिनसँग सम्बन्धविच्छेद गरेपछि बिनी मादिकिजेलासँग उनले दोस्रो विवाह गरे र दुईवटी छोरी जन्माए। मण्डेलाले दुईवटी श्रीमती भित्र्याए पनि उनलाई सफल दाम्पत्य जीवन र सुखद यौन सुख प्राप्त हुन सकेन। उनले ८० वर्षको उमेरमा सन् १९९८मा पुन:  ग्रासा माचेलसँग तेस्रो विवाह गरे। ग्रासा माचेल मोजाम्बिकका स्वर्गीय राष्ट्रपति सामोरा माचेलकी बिधवा हुन्।

मण्डेलाका उत्तराधिकारी अफ्रिकाका वर्तमान राष्ट्रपति ज्याकोब जुमा युवती फेरि-फेरि हिँड्ने कुरामा चर्चित छन्। अहिलेसम्म उनले पाँच महिलालाई वैधानिक श्रीमतीका रूपमा भित्र्याइसकेका छन्। जुमाका श्रीमतीहरू सिजाकेले खुमालो, न्कोसाजाना दलामिनी  जुमा, केट मान्चो, नोम्फुमेलेलो न्तुली -मा न्तुली) थोबेका मादिवाबाहेक झन्डै एक दर्जनजति रखौटी छन्। उनीमाथि लागेको ठगी र भ्रष्टाचारको आरोपसहितको बलात्कारको मुद्दा अदालतमा विचाराधीन छ। उनले आधा दर्जनजति अबैध श्रीमतीबाट एक दर्जन  अबैध सन्तान पनि जन्माएका छन्। जुमाले स्वाजिल्यान्डकी रानीलाई भगाएबापत १० वटा गाई जारीस्वरूप तिर्नुपरेको थियो। अक्टुबर २००९ मा उनले लभ चाइल्ड नाम दिइएको बीसौं सन्तानका रूपमा छोरीलाई जन्म दिएका छन्। उनकी उक्त छोरी रखौटी  सोनोको कोखबाट जन्मिएकी हुन्। अपि्रल सन् २००९ देखि उनीमाथि राष्ट्रिय अदालतमा ठगी र भ्रष्टाचारको मुद्दा चलिरहेको छ। राजनीतिक शक्तिको आडमा सन् २००५ मा बलात्कारको आरोपमा चलाइएको मुद्दा भने फिर्ता भैसकेको छ। जुमा सन् २००९ मा  भएको आमचुनाव जितेर राष्ट्रपतिको पदमा आसीन छन्।

दक्षिण अफ्रिकाकै छिमेकी देश स्वाजिल्यान्डका राजा मस्वाती तृतीयको यौनलीला अझ रोचक छ। ३९ वर्षिय मास्वातीले अहिलेसम्म १४ वटी श्रीमती भित्र्याइसकेका छन्। उनी प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो साता नितम्ब, स्तन र यौनाङ्गहरू देखाउँदै  आफ्नै अघि

'उम्हालाङ्गा' नामक उत्तेजक नाच देखाउने दसौं हजार युवतीबाट श्रीमती छान्छन्। उनका बुबा राजा सोबुजा द्वितीयले यही परम्पराबाट ७० वटी श्रीमती भित्र्याएका थिए। राजा सोबुजाका ४ सय सन्तान छन्। नातिनातिनाको संख्या एक हजारभन्दा  बढी छ। स्वाजिल्यान्डमा राजनीतिक दलहरूमाथि पूर्ण प्रतिबन्ध छ र त्यहाँ सक्रिय राजतन्त्र कायम छ।

प्राचीन जातीय परम्परा कायम रहेको अफ्रिकाको के कुरा सभ्य र विकसित अमेरिकाका साथै युरोपका कतिपय शासकले पनि यौनको मामिलामा अपच हुनेे स्तरको व्यवहार प्रदर्शन देख्न पाइन्छ। इटलीका प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीलाई नै हेरौं न। उनले ७४  वर्षको उमेरमा इजिप्टसियन शासक होस्नीमुवाककी १७ वर्षिया भतिजी करिमा केयेक अर्थात् रुबी रुवाकुओरीसँग सहवास गरेको खबर सार्वजनिक भएको छ। ती युवतीले प्रधानमन्त्रीले आफूलाई १० हजार डलर र जवाहरात दिएको बताएकी छिन्। त्यतिमात्र हो इन, प्रधानमन्त्री बुर्लुस्कोनीले भरखरका तरुनीहरूसँग 'सामूहिक यौनसम्पर्क' गरेको समेत आरोप लागेको छ। उनले राज्यशक्तिको दुरुपयोग गरी केटीहरूलाई ८ देखि १० हजार डलरसम्म बाँड्ने, बुङ्गाबुङ्गा नामक सेक्स डान्स पार्टी आयोजित गर्ने र डान्समा  उपस्थित नाङ्गा युवतीहरूबाट घेरिएर प्रत्यक्ष यौनसम्पर्कको रसास्वादन गर्ने राजनीतिज्ञका रूपमा समेत चर्चा पाएका छन्। धनाढ्य अर्बपति, मिडिया टाइकुन बुर्लुस्कोनी नवयौवना सुन्दरीहरू फसाउन मात्र होइन राजनीतिमा समेत माहिर खेलाडी मानिन्छन्।  त्यसैले त इटलीमा सबैभन्दा लामो शासन गर्ने बुर्लुस्कोनीले आफूविरुद्धका कतिपय मुद्दा ढिसमिससमेत पारिसकेका छन्।

बुङ्गाबुङ्गा 'अर्गी' डान्स पार्टीमा सामेल अर्की एक महिला नादिया मर्सियाले बुर्लुस्कोनीका कर्तुतको पोल खोलेकी छिन्। उनले आफूसँग बुर्लुस्कोनीले सहबाससमेत गरेको खुलासा गरेकी छिन्। मार्सियाका अनुसार बुर्लुस्कोनी यौन र सुन्दरीहरूका यति भोका छन् कि  उनको स्वीमिङ्ग पुलदेखि लिएर बुङ्गाबुङ्गा पार्टीसम्म मात्र होइन, टेलिभिजन कार्यक्रममा समेत आफूले रोजेका र यौनसम्बन्ध गाँसेका युवतीहरूलाई काममा लगाउँछन्।

युरोपकै अर्को शक्तिशाली राष्ट्र फ्रान्सका ५६ वर्षिय राष्ट्रपति निकोलास सार्कोजी पनि रसिक राजनीतिज्ञमध्ये एक मानिन्छन्। रमाइलो कुरा के छ भने उनले राष्ट्रपतिको कार्यकाल रहेकै अवस्थामा गायिका, गीत लेखिका तथा मोडल कार्ला ब्रुनीसँग पटकपटक  युरोपकै विभिन्न सहरमा रोमान्स गरिसकेपछि वैवाहिक सम्बन्ध कायम गरेका हुन्। कार्ला ब्रुनीको जीवनमा सार्कोजीसँगको विवाह पहिलो हो भने सार्कोजीले आफ्नो जीवन कालमा तीनवटी महिलासँग वैधानिक वैवाहिक सम्बन्ध गाँसेका छन्। सार्कोजीले यसअघि  डोमेनिक युवती कुली ओली तथा श्रीमान छोडेर आएकी पूर्व फेसन डिजाइनर एवं मोडल सिसिलिया सिगानर अल्वेनिजसँग विवाह गरेका थिए। सार्कोजीले तेस्री श्रीमतीका रूपमा ब्रुनीलाई सन् २००८ को फ्रेबुअरीमा भित्र्याएका हुन्। उनले ब्रुनीकातर्फबाट  हालसालै एक छोरासमेत जन्माइसकेका छन्। कार्ला बु्रनी र सार्कोजीबीच विवाह हुनुअघि दुवैका अनेकौ प्रेमी-पे्रमिका भएकोे सामाचारपत्रहरूले उल्लेख गरेका छन्।

अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टनले प्रथम महिला हिलारी क्लिन्टनबाहेक झन्डै एक दर्जन युवतीसँग यौनसम्बन्ध कायम गरेको चर्चा ताजै छ। उनको नाम क्याथलिन बिलि, पाउला जोन्स, मोनिका लेवेन्स्की, जेनिफर फ्लोवर्स, ऐलिजावेथ वार्ड ग्रासेन, पूर्व  मिस अर्कन्सास सेली परडिउ, डोली केली ब्राउनिङ्ग आदि महिलासँग जोडिएको छ। अधिकांश महिलाले क्लिन्टनले अर्केन्सास राज्यको गर्भनर तथा राष्ट्रपति कार्यकालमा आफूहरूसँग अवैध यौनसम्बन्ध कायम राखेको बताएका छन्। ५१ वर्षिया क्याथलिन बिलीले  कार्यालय समयमै क्लिन्टनले आफूलाई अँगालो मारेको, चुम्बन गरेको, गुप्ताङ्ग समाउन लगाएको र सहवास गर्न भनेको आरोप लगाइन्। यसैगरी पाउला जोन्सले क्लिन्टनले आफूलाई अर्कन्सासको एक्सलसियर होटलमा बोलाएर मुखमैथुन गर्न लगाएको आरोप  लगाएकी छिन्।

क्लिन्टनमाथि राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी अर्की कर्मचारी मोनिका लेवेन्स्कीसँग एक वर्षसम्म सम्बन्ध कायम रहेको र उक्त अवधिमा ह्वाइट हाउसभित्रै पटकटपक अवैध सहवास पनि भएको आरोप लाग्यो। यसैगरी पूर्व नाइट क्लब सिँगर जेनिफर  फ्लावर्सले सन् १९९२ को राष्ट्रपतिको निर्वाचनका दौरान क्लिन्टनसँग १२ वर्षसम्म यौनसम्बन्ध रहेको खुलासा गरिन्। अर्कन्सासको गभर्नर रहेका बेला क्लिन्टनले सरकारी कार्यालयमा जागिर लगाइदिने लोभ देखाएर आफूसँग सम्बन्ध बनाएको फ्लावर्सले  बताइन्।

यतिका महिलासँग क्लिन्टनको नाम जोडिए पनि हिलारी क्लिन्टन विल क्लिन्टनकी विवाहित श्रीमती हुन्। पेसाले वरिष्ठ अधिवक्ता हिलारी र बिल क्लिन्टनबीच सन् १९७७ मा विवाह भएको हो। अमेरिकाकी पूर्व प्रथम महिला तथा ओवामा प्रशासनमा विदेश मन्त्री  हिलारी क्लिन्टनले बिल क्लिन्टनका सबै दोष माफ गरिदिइन्।

कुनै बेला अमेरिकासँग सिँगौरी खेल्ने रुसका राष्ट्रपति र प्रधानमन्त्रीबीच आ-आफ्नो कर्मचारी टिममा सुन्दरी महिला कर्मचारी नियुक्त गर्न चलेको अस्वस्थ प्रतिस्पर्धाले ती दुवै राजनेता सुन्दरीका कति भोका छन् भने तथ्य उदाङ्गो पारिदिएको छ। रुसी राष्ट्रपति  दमित्री मेदभेदेभ र प्रधानमन्त्री तथा पूर्वराष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना निजी फोटोग्राफर पदमा आफूलाई मन परेका सुन्दरीहरू नियुक्त गरेका छन्।

पुटिनले पूर्वमिस मास्को याना लापिकोभालाई आफ्नो निजी फोटोग्राफर पदमा नियुक्त गरेका छन् भने राष्ट्रपति दमित्री मेदभेदेभले कात्या स्तुकिनालाई नियुक्त गरेका छन्। स्तुकिना इज्भेस्तिया पत्रिकाकी पूर्व व्यावसायिक फोटोपत्रकार हुन्। मिस मास्को लापिको भाले अन्तर्वस्त्र मात्र लगाएका अर्धनग्न तस्बिरहरू प्रकाशित छन्। रमाइलो कुरा के छ भने यी दुवै नवयौवना यौनसुन्दरी भएको रहस्य खुलेको छ। सुन्दरी महिला नियुक्तिको विषयमा विवाद बढेपछि राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालयका उच्चपदस्थ कर्मचारीह रूले दुवै सुन्दरीको नियुक्तिलाई यौनसँग होइन काम र महिलाको सम्मानसँग जोड्न आग्रह गरेका छन्।

No comments:

Post a Comment

thank you