Wednesday, October 26, 2011

तिहारमा घर सजावट


झिलिमिली झिलिमिली

केको झिलिमिली

बत्तीको झिलिमिली

फूलको झिलिमिली


उल्लेखित देउसी भाकाले तिहारको रंगीन वातावरणलाई इंगित गरेको छ। घरघरमा बालिने दियो बत्ती, सजाइने फूलमाला, ध्वजापताका यो पर्वका खास विशेषता हुन्। यस अवसरमा घर नै उज्यालो बनाउने गरी दियो बत्ती बालिन्छ, फूलले सजाइन्छ। त्यसैले पनि तिहारलाई 'फेस्टिभल अफ लाइट्स' भनिएको हो।  

धनकी देवी लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घर सफासुग्घर गर्ने, फूलमालाले सजाउने र दियो बत्ती बाल्ने चलन छ। घर फोहोर भए वा उज्यालो नभए लक्ष्मीले वास नगर्ने परम्परागत मान्यताअनुसार नै अहिले पनि तिहारका बेला घर सजावटमा विशेष ध्यान दिने गरिएको छ। त्यसैले वर्षमा एकपटक भए पनि घर सजावटमा सबै जना धूमधामका साथ लाग्ने गरेका छन्।

तिहारमा घरलाई सजाउने परम्परागत तरिका छन्। यद्यपि बढ्दो आधुनिकीकरणसँगै घर सजावटको शैलीमा पनि परिवर्तन आएको छ। यसले सहरी क्षेत्रमा कृत्रिम सजावटका सामग्रीको माग बढाएको छ। त्यसो त तिहारको चहलपहलसँगै सजावटका यी सामग्रीको बजार पनि उत्कर्षमा पुग्ने गरेको छ। बजारमा अहिले इलेक्ट्रोनिक्स लाइट्स, प्लास्टिक तथा कागजको फूल, लक्ष्मीको तस्बिर एवं प्रतिमा, क्यान्डिल तथा दियोको कारोबार बढेको छ।

त्यसो त सहरी क्षेत्रमा सयपत्री र मखमली फूलको पनि कारोबार अकासिन्छ। दाजुभाइलाई माला लगाउन, घर सजाउन र पूजाआजाका लागि फूलको प्रयोग अत्यधिक हुन्छ। घर सजावटका लागि सयपत्री फूल बढी प्रचलित छ। फूल मात्र होइन, रंगरोगनका लागि पेन्ट्सको बिक्री पनि अत्यधिक हुन्छ।

तिहारमा घर राम्रो बनाउन रंगरोगन गरिन्छ। रंग रोगनसँगै घर सफा-सुग्घर गरेपछि सयपत्री र मखमली फूलले सजाइन्छ। घरको मूल ढोका, बार्दली वा अगाडिको भाग फूलैफूलले सजाउने गरिएको छ। फूलसँगै जडान गरिने रंग-बिरंगी इलेक्ट्रोनिक्स लाइटले घरलाई थप सुन्दरता प्रदान गर्छ। घरको चारैतिर दियो बत्ती तथा मैनबत्ती बालिन्छ। सजावटकै लागि मूल ढोकामा लक्ष्मीको तस्बिर झुड्याइन्छ।

तिहारमा सजाइने सामग्री

दियो

यो तिहारमा प्रयोग हुने परम्परागत र लोकपि्रय सामग्री हो। खासगरी माटोबाट बनेका स-साना दियामा तेल हालेर बालिने गरिएको छ। अहिले बजारमा थरीथरीका सेप र साइजमा यस्ता दिया पाइन्छन्। यसको डिजाइन र रंगमा पनि विविधता हुन्छ। एक पटक खरिद गरेर सुरक्षित राख्न सके धेरै वर्षसम्म प्रयोग गर्न सकिन्छ। त्यसैले अहिले पनि दियोको प्रचलन उस्तै छ। भिन्न-भिन्न रंगको दियो लस्करै बाल्दा घर आकर्षक देखिन्छ।

रंगोली

धनकी देवी लक्ष्मी प्रवेश गराउन रंगोली सजाउने चलन छ। यसले घरको सौन्दर्य थप वृद्धि गर्छ। विभिन्न रंगले रंगाइएको चामल, पीठोको कलात्मक सजावटवाट रंगोली बनाइन्छ। घरको आँगनमा रंगीन चामलले 'स्वस्तिक' को आकृति बनाइन्छ र यसबाट मूल ढोका हँुदै पूजा कोठासम्म पाइलाका आकृति बनाइन्छ। यही बाटोबाट लक्ष्मी प्रवेश गर्ने धार्मिक विश्वास छ। रंगोलीमा आकर्षक दियो वा क्यान्डिल पनि बालिन्छ।

डेकोरेटिभ ल्याम्प

दीपावलीका अवसरमा सबैले घर उज्यालो बनाउन चाहन्छन्। घर, कोठा उज्यालो बनाउन डेकोरेटिभ ल्याम्प निकै लोकपि्रय छ। विभिन्न थरीका डेकोरेटिभ ल्याम्प बजारमा उपलब्ध छन्। आफूले चाहेको सेप एवं साइजमा डेकोरेटिभ ल्याम्प खरिद गर्न सकिन्छ।

इलेक्टि्रक बल्भ

आउटडोर लाइट डेकोरेसनका लागि इलेक्टि्रक लाइट्स उपयुक्त हुन्छ। तिहारमा घरको बाहिरी भाग सजाउन विभिन्न किसिमका इलेक्टि्रक बल्भ पाइन्छन्। स्टि्रङ लाइट, लाइटिङ पाइप, टिनी बल्भ जस्ता कुनै पनि इलेक्टि्रक बल्भले आउटडोर डेकोरेशन गर्न सकिन्छ।

फूल डेकोरेशन

तिहारको मुख्य आकर्षण नै फूल हो। खासगरी सयपत्री र मखमली फूलको मालाले घर सजाउने गरिएको छ। घरको झ्याल, ढोका, अगाडिको भाग फूलको मालाले सजाइन्छ। त्यसो त गुलाब, जस्मिन, अर्किडजस्ता फूल पनि प्रयोग गर्न सकिन्छ। प|mेस फूललाई फूलदानीमा राखेर सजाउन सकिन्छ।

तोरन

दीपावलीका अवसरमा तोरनको डेकोरेसन पनि लोकपि्रय छ। आँपको पत्ता पवित्र हुने जनविश्वास छ। त्यसैले आँपको पत्ता र फूल उनेर घरको मूल ढोकामा झुन्ड्याइन्छ। यससँगै 'शुभ लाभ' पनि राख्न सकिन्छ।

No comments:

Post a Comment

thank you