Tuesday, December 7, 2010

विकिलिक्स संस्थापक असान्ज लण्डनमा पक्राउ ....

विकिलिक्स संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज लण्डनमा पक्राउ परेका छन् । इन्टरपोलमा मोस्ट वान्डेट सूचिमा रहेका असान्जलाई मंगलबार लण्डनको महानगरीय प्रहरीले पक्राउ गरेको हो । अष्ट्रेलियन नागरिक ३९ वर्षिय असान्जलाई स्वीडेनमा दुई महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकी गोप्य दस्तावेजलाई आफ्नो वेबसाइटमा सार्वजनिक गरेपछि असान्ज चर्चामा थिए । उनी मंगलबार बेलायती अदालतमा बयान दिन जाने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

No comments:

Post a Comment

thank you