Thursday, December 23, 2010

कुरा नयाँ टुविटर को #NewTwitter [Friday Tech]

हिजो आज, टुविटर मा  टुविट खुबै देखिन्छ, ‘नयाँ टुविटर’ बारे ! कोही नयाँटुविटर चलाउँदै भनेर टुविट गरिरहेकाछन् भने, कोही आफ्नो चाँहि किन नयाँ टुविटर आएन भनेर, टुविट गरिरहेका भेटिन्छन् । कोही कोही चाँहि, यो नयाँटुविटर को लागि कतै साइन अप गर्नु पर्छ कि भनेर खोजिरहेका पनि देखिएको छ । newtwitter_logo
आखिर के हो त नयाँ टुविटर ?
‘नयाँ टुविटर’ खासै केही होइन, त्यो हामीले चलाइराखेकै पुरानै टुविटर नै हो ! नयाँ टुविटर मा मात्र  डिजाइन परिवर्तन गरिएको छ अनि केही नयाँ ‘फिर्चस्'हरु थपिएको छ । नयाँ टुविटर को लागि कहिँ कतै साइन अप पनि गर्नु पर्दैन, कसैलाई रिक्वेष्ट र कम्प्लेन गरेर पनि हुँदैन । टुविटर ले बिस्तारै सबै प्रयोगकर्ताहरुलाई नयाँ टुविटर को ‘वेव इन्टरफेस’ उपलब्ध गराउने भएको छ ।
टुविटर का CEO ‘EV’ लाई नयाँ टुविटर को बारेमा धेरै गुनासा र रिक्वेष्ट गरेपछि हिजो उनले टुविटर मै भने, “Requests/complaints for #newtwitter have rendered my @ mentions kinda useless. I appreciate the interest, though. Soon, folks. Soon! :)”
अत: नयाँ टुविटर चलाउन पाइएन भनेर धन्दा नमान्नुस, नयाँ टुविटर बिस्तारै तपाई को मा आउँदैछ । हालसम्म ५० प्रतिशत जति, प्रयोगकर्ता ले नयाँ टुविटर चलाउन पाइसकेकाछन् ।
ev tweets नयाँ टुविटर मा भएका केही कुरा :
१) नयाँ डिजाइन
२) फोटो, भिडियो आदि टुविटर कै साइटमा हेर्न मिल्ने
३) सम्बन्धित टुविटहरु एकै ठाउँमा देखाउने
४) मिनि प्रोफाइल देखाइदिने
newtwitter  releated tweets
फोटो र सम्बन्धित टुविट टुविटर कै होमपेज मा देखाइएको
profile
नयाँ टुविटर मा आफ्नो प्रोफाइल
Click on the image for larger view.

No comments:

Post a Comment

thank you