Thursday, December 23, 2010

जुलियन असाञ्ज भए वर्ष व्यक्ति [Man of the Year]

विकिलिक्स का संस्थापक सम्पादक जुलियन असाञ्ज ‘टाइम वर्ष व्यक्ति’ घोषित नभर के भो त ! आखिर जुलियन को कार्यलाई कदर गर्दै  फ्रान्सको प्रतिष्ठित पत्रिका ‘ले मोन्डे’ ले जुलियनलाई वर्ष व्यक्ति घोषणा गरेको छ ।
फ्रान्सेली पत्रिका ‘ले मोन्डे’ ले शुक्रबार को अंक को पहिलो पृष्ठ  ३९ वर्षिय जुलियन असाञ्ज प्रति समर्पित गर्दै “Man of the Year”  भनेर असाञ्जलाई घोषणा गरेको हो । “ले मोन्डे” को वेवसाइट का पाठकहरु ले दिएको भोट को आधार मा जुलियन असाञ्ज वर्ष व्यक्ति घोषित भएका हुन् । उनले कुल भोट को ५६.२ प्रतिशत भोट पाएका थिए भने केही दिन अघि टाइम को वर्ष व्यक्ति २०१० घोषित  भएका फेसबुक का सहसंस्थापक ‘मार्क जुकरवर्ग’ ले जम्मा ६.९ प्रतिशत मात्र भोट पाएका थिए ।
Julian-Assange
‘गार्जियन’, ‘न्यु योर्क टाइम्स’ आदि पत्रिका सँग सँगै ‘ले मोन्डे’ पत्रिका ले पनि विकिलिक्स ले उपलब्ध गराएको अमेरिकी दुतावासका दस्तावेजहरु  प्रकाशित गरेको थियो । बधाई छ, जुलियन असाञ्जलाई, कम्ति मा, टाईमले जस्तो गरेर ‘ले मोन्डे’ ले त आफ्ना पाठकहरुलाई झुक्याएन ।
Smile

No comments:

Post a Comment

thank you