Thursday, December 16, 2010

यसरी भएको थियो तारा एअरको दुर्घटना

हिजो दिउँसो लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको  तारा एअरको विमान आज बिहान बल्ल ओखलढुंगाको सिरीच‍ौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटियो।
विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ।
यो घटना जति दुःखद छ, ट्राभल एजेन्सीले गरेको फट्याँइ सुन्दा झन् दुःख लाग्ने छ। यो घटनामा मारिने सबै यात्रु भुटानका नागरिक रहेछन्। ट्राभल एजेन्सीले फट्याँइ गरेर नेपाली नाममा उडाएका रहेछन्। विदेशी भयो भने डलरमा भुक्तान गर्नुपर्ने भएकोले त्यसो गरेका रहेछन्।
अब हेर्नु त बिचराहरुले बीमा रकम पनि पाउने नपाउने अन्यौल छ।
दुर्घटनास्थलका थप फोटो र भिडियो हेर्न भित्र आउनुस्।


यही विमान हो दुर्घटनामा परेकोः माइसंसारका पाठक अनुरक्ता श्रेष्ठले २ महिनाअगाडि लुक्लामा खिचेको फोटो हो यो।

विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ तपाईँलाई ?
कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट माउ एअरलाइन्सले हेर्छ।

क्षतविक्षत विमान।

क्षतविक्षत शव काठमाडौँ ल्याउन हेलिकप्टरमा राख्‍न ओसार्दै।

दुर्घटनास्थल र छरपस्ट लाशः कति डरलाग्दो दृश्य।
अनि यो विमानका पाइलट सच्चिन्द्र श्रेष्ठको आज कान्तिपुरमा छापिएको ट्राजिडी कथा सुन्दा मनै कस्तो कस्तो हुने खालको छ।  अस्ति भर्खर अग्नि एयरको डोर्नियर दुर्घटनामा पाइलट सोफिया सिंहले संसार छाडेपछि तारा एयरका पाइलट सचिन्द्र श्रेष्ठले फेसबुकको भित्तोमा सोफियाको फोटो राखी लेखेका थिए, ‘तिमीलाई सधैंभर म माया गरिरहनेछु..!’ आफूले चलाएको विमान दुर्घटना हुनुअघि पनि उनले फेसबुकमा सोफियालाई सम्झँदै यसो लेखेका रहेछन्- ‘म हरेक बिहान तिम्रो फोनको अपेक्षा गरिरहेको हुन्छु, तिमीले संसारबाट बिदा लिएपछि मन्दिर नगएको दिन छैन, तिम्रा लागि कामना गरिरहेको हुन्छु र म तिमीलाई मिस गरिरहेको छु ।’

No comments:

Post a Comment

thank you