Thursday, December 16, 2010

विश्वमै चमत्कारिक परिवर्तन ल्याउन सक्छुः नेपाली बाबा....


नेपाली बाबा, जसले राजा वीरेन्द्रको वंश नै खतरामा छ, यो यो गरिबक्सियोस् भनेको केही समयपछि राजदरबार हत्याकाण्ड भयो। उनी तिनै बाबा हुन्  जसले 'राजतन्त्र खतरामा छ, यो यो गरिबक्सिएन भने राजतन्त्र समाप्त हुन सक्छ’ भनेर तत्कालीन राजा ज्ञानेन्द्रलाई सुनाए, त्यो गरिएन, राजा ज्ञाने न्द्रसहित २ सय ३८ वर्ष लामो राजतन्त्र समाप्त भयो। उनले ओबामाले चुनाव जित्ने भविष्यवाणी गर्दा मानिसहरूले हाँसेर उडाए, तर ओबामा अमे रिकामा चुनाव जितेर राष्ट्रपति भए। यी र यस्ता अनेकन् भविष्यवाणी पूरा भएको देख्नेहरू नेपाली बाबाका परमभक्त छन्। 'जगदाचार्य' नेपाली बाबा अथार् त् पं. तेजनाथ शर्मासँग अमेरिकाबाट सञ्चालित नेपाली अनलाइन पोर्टल नेपाल मदर डटकमका प्रधान सम्पादक रामप्रसाद खनालले अमेरिकामै लिएको  अन्तर्वार्ताः

आफ्नो परिचय के भनेर दिन चाहनुहुन्छ ?

मेरो जन्म नाम तेजनाथ शर्मा हो । साधनाकालमा मैले कठिन साधना गरें । १३ किलोमिटरको त्रिकोण परिक्रमा, दैनिक ४ वा ५ पटक साधना अनि वर्षौं  ५२ वा ६५ किलोमिटर दैनिक हिँड्दा भक्तले नेपाली बाबा भनेर बोलाउन थाले, जुन अहिले संसारले जान्ने मेरो मुख्य परिचय हुन गयो ।

कति वर्ष भयो धार्मिक क्षेत्रमा लाग्नुभएको ?

धार्मिक क्षेत्रमा पूर्ण रूपमा लागेको २०३४ साल वैशाखदेखि, जब मेरो यज्ञ जीवनको शुभारम्भ भयो ।

अन्न र फलफूल खान छोडेको कति भयो ?

अन्न खान छोडेको करिब ३९ वर्ष भयो । एउटा विशेष संकल्पका लागि शारीरिक साधनाका रूपमा अन्न छाडें, जसको कुनै बाध्यात्मक कारण छैन ।

जगदाचार्यको पद्वी कसरी पाउनुभयो नि ?

जगदाचार्यको पद्वी सन् १९८६ मा अन्तर्राष्ट्रिय शान्ति वर्षपछि घोषणा भयो । त्यही सालको १५ नोभेम्बरदेखि १५ दिसम्बरसम्म ११ हजार ब्राह्मणद्वारा  विश्वशान्तिका लागि साङ्ग गायत्री पुरश्चरण महायज्ञ (३२ दिनको) भारतको उत्तर प्रदेश, मीर्जापुर, विन्ध्याचलमा आयोजना गरिएको थियो । म आफू बाँचञ्जेल विश्वयुद्ध हुन दिन्नँ भनेर यज्ञ गराउने दृढताका साथ लागेको बेला विश्वधर्म संसद्ले विश्वका सात जनालाई शंकराचार्यज्यूहरूले गर्नुपर्ने कार्य  गरून् भनेर मलाई नेपालका तर्फबाट विश्वशान्ति र मानव हितमा कार्य गरिरहन यो जिम्मेवारी दिएको हो ।

यहाँले बोलेको भविष्यवाणी केका आधारमा कसरी हुन्छ ?

मेरो हृदयले माता विन्ध्यवासिनीको चरण कृपाका आधारमा यस्तै हुन्छ भनेर बोलिदिएपछि फरक परेको छैन । त्यसैले धेरै कठिन कुरा पनि विगतमा पूरा भए ।

भारतका थुप्रै हिन्दँ राजनेताहरू यहाँका भक्त छन् ? को-को छन् ?

मेरो सम्पर्कमा आएका जसलाई परेको बेला मैले मातासँग प्रार्थना, साधना, अनुष्ठान पनि गरे र मप्रति उहाँहरूको सम्मानपूर्ण सम्बन्ध रह्यो । स्वर्गीय  श्रीमती इन्दिरा गान्धी त्यस्तै स्वर्गीय पी.भी. नरसिंह राव, चन्द्रशेखर, पूर्वप्रधानमन्त्री एच.डी. देवेगौडालगायत धेरै जना, विजेपीका भूतपूर्व अध्यक्ष  राजनाथ सिंह आदि ।

नेपालमा पनि राजादेखि नेतासम्म सबैले बाबालाई मान्छन् भनिन्छ, को-को आउछन् बाबासँग ?

नेपालमा पनि स्वर्गीय राजा वीरेन्द्र तथा ज्ञानेन्द्र र भूतपूर्व प्रधानमन्त्रीहरू लोकेन्द्रजी, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, स्वर्गीय गिरिजाप्रसाद कोइराला  आदि सबैसँग सम्बन्ध रहृयो । सबैलाई सक्दो आध्यात्मिक सहयोग गर्ने प्रयास गरें ।

तत्कालिन राजा वीरेन्द्रलाई बाबाले भनेको नमान्दा दरबार हत्याकाण्ड, ज्ञानेन्द्रलाई भनेको नमान्दा राजतन्त्र गयो भनिन्छ, कत्तिको सत्य हो ?

निश्चित समयमा उचित सल्लाह र देखेको प्रस्ताव राख्ने गरेको हुँ । धर्म र सांस्कृतिक आधारशिलालाई नपत्याएको खण्डमा यस्तै विपरीत परिणामको  सामना गर्नुपर्न हुन्छ, त्यस्तै भयो पनि ।

नेपाल कतातिर जाला ? हिन्दँ धर्म, हिन्दू राष्ट्र, राजा फर्किएलान् कि नफर्किएलान् ?

नेपाल सदैव हिन्दू राष्ट्र हो । यसलाई त्यही रूपमा प्रतिष्ठित गर्ने मेरो संकल्प छ । राजा र राजसंस्थाका बारेमा बोल्नुभन्दा पनि नेपालको संस्कृति तथा  यहाँको भौगोलिक संरचना र जन जीवनको संस्कारशैली एवं प्राकृतिक मौलिक व्यवस्थाले निर्दिष्ट गरेको कुरा भविष्यमा र्फकन सक्दैन भन्न सकिँदैन ।

धर्मको परिभाषा कसरी गर्नुहुन्छ ?

जन्मदेखि मृत्युसम्म जीवनलाई अनुशासित, स्वस्थ एवं व्यवस्थित राखेर सद्कर्तव्यको पथमा निरन्तर क्रियाशील हुन प्रेरित गर्ने, सजग गराउने, नैतिक  चरित्रमा आबद्ध रही कर्तव्यको पालनामा डोर्‍याउने प्रकृतिको नाम नै धर्म हो ।

नेपालको धार्मिक अवस्था र यसको भविष्य नि ?

नेपालको धार्मिक अवस्था अहिले सन्त, महात्मा एवं विद्वान्हरूको प्रयत्न र पहुँच नपुगेका कारण शून्य स्थितिमा छ र त्यसलाई सही अवस्थामा पुर्‍याउन  निकै कठिन परिश्रमयुक्त सामूहिक प्रयत्न आवश्यक छ ।

अहिले के गर्दै हुनुहुन्छ र के गर्ने लक्ष्य छ ?

मेरो लक्ष्यअनुरुप श्री विन्ध्यवासिनी आध्यात्मिक संघ नामको धार्मिक संस्था गठन भएको छ, जसको माध्यमबाट आध्यात्मिक विश्वविद्यालय, आध्यात्मिक  अस्पताल, श्रीयन्त्रमय नौतले माता विन्ध्यवासिनीको अद्वितीय मन्दिर, ५ सय कोठाको धर्मशाला, वृद्धाश्रम आदि संरचना निर्माण गरी आध्यात्मिक क्षेत्रबाट  जनहितमा सक्रिय हुने प्रयत्नमा छु । काठमाडौंको सतुंगलमा करिब ४० रोपनी जग्गामा लक्षित संकल्प पूरा गर्न २४ रोपनी जग्गा खरिद गरी अस्थायी  मन्दिर तथा यज्ञशालामा २०६१ सालदेखि धार्मिक आध्यात्मिक कार्यहरू करिब ३०-३५ ब्राह्मणबाट सञ्चालित भैरहेको छ । बाँकी जग्गाका लागि भूमिदान  प्राप्त गरी बाँकी निर्माणको कार्य शीघ्र पूरा गर्न सबै सहयोगी श्रद्धालु भक्तहरूसँग अनुरोध प्रयत्न अघि बढिरहेको छ ।

यहाँको उद्देश्यमा नेपालका भक्त नेताहरू अनि सरकारका मन्त्रीहरूले कत्तिको सहयोग गरेका छन् ?

जनता जति आत्मीय र सहयोगी छन्, त्यही नै मेरो पूर्ण आधार हो, अरू दिवा स्वप्न मात्र हो । दुखका साथ भन्नुपर्छ, अपेक्षित सहयोग प्राप्त भएको छै न ।

नेपाली जनमानसबाट कत्तिको सहयोग पाउनुभएको छ ?

जनमानस नै ईश्वरको प्रत्यक्ष रूप हो । जति प्रगति भयो त्यसैको परिणाम हो ।

नेपाली सञ्चारमाध्यमहरूबाट नि ?

नेपाली सञ्चारमाध्यमले धर्मको मर्म र त्यसको मानवीय पक्षको नैतिक एवं वैज्ञानिक धरातल जान्न-बुझ्न धेरै समय लाग्छ । नेपाली सञ्चार माध्यमले  जुन दिन यो सद्चेष्टा बुझेर सहयोग गर्ने प्रयत्न गर्नेछन् त्यसै दिन नेपाल र नेपालीको उद्धार हुनेछ । अहिले त सञ्चारमाध्यमलाई बिगि्रएको राजनीति  तथा राजनेताको पछि दौडँदैमा होस छैन ।

हिन्दू धर्ममाथि हरक्षेत्रबाट आक्रमक भैरहेको छ, हिन्दू अधिराज्य पनि समाप्त भयो, के भन्नुहुन्छ ?

धार्मिक क्षेत्रबाट सामाजिक क्षेत्रमा जान नसक्नु नै यो स्थितिको मूल कारण हो । मेरो मान्यतामा नेपाल सदा हिन्दू अधिराज्य हो र सदा त्यही नै रहनेछ ।

अबको धार्मिक भविष्य के हो त नेपालको ?

आगामी दुई-तीन वर्षमा नयाँ वैज्ञानिक धार्मिक व्याख्या एवं त्यसको प्रभावशाली क्रियाशीलताले सुखद परिणाम ल्याउनेमा म विश्वस्त छु ।

तपाईं माताको आशीर्वाद प्राप्त बाबा, नेपालका लागि के गर्नुहुन्छ त ?

म मेरो नेपाललाई विश्वकै सर्वश्रेष्ठ दैवी गुण र चरित्रले पोषित, परिभाषित गर्न चाहन्छु । ईश्वरको रूपनै मेरो राष्ट्रिय समाज हो, राष्ट्रको निःस्वार्थ सेवा  नै ईश्वरको मूल पूजा हो भन्ने भावलाई प्रतिस्थापित गर्ने प्रयत्न नै सतुंगलमा बन्ने विश्वकै उत्कृष्ट आध्यात्मिक मानवीय सेवा केन्द्र हो ।

धर्म मान्नेलाई र धर्म नमान्नेलाई फरक-फरक ढंगले सन्देश दिनुपर्दा कसरी दिनुहुन्छ ?

आस्तिक वा नास्तिक शब्द शाश्वत प्राकृतिक स्वभावबाट अलग हुन सक्दैनन्, अज्ञानतावश त्यसको अर्थ नजाने पनि व्यक्ति प्रकृतिको नियम, गुण,  अवस्थाबाट बाहिरन सक्दैन, प्रकृतिको शाश्वत नियम बाँच्नका लागि अपरिहार्य नै छ । त्यसैले अज्ञानी भएर होइन, ज्ञानी भएर यसलाई विवेकयुक्त  अध्ययन गर्ने प्रयत्न गरौं, स्वयं नै धर्म र अधर्मको रहस्य खुल्न थाल्छ ।

कति शिष्य बनाउनुभएको छ ?

संख्यात्मकभन्दा पनि महायज्ञमा कुनै पनि भावले सहयोग दिने सबै मेरा आत्मिय सहयात्री र माताको सेवा गर्ने सहयोगी भक्त हुन् ।

विदेशमा वस्ने नेपालीहरूले धर्म संस्कृति भुलेका त छैनन् ?

भुलेका छैनन्, सकारात्मक भावना पाएको छु । ५० वर्ष पुगेकाहरूमा केही न केही संस्कार छ नै । ३० वर्ष मुनिकाले शनैःशनैः बिर्संदै छन् । हामीमध्ये  कसैले केही गरेन भने भविष्य अनिश्चित हुनेछ । प्रयत्न भए हाम्रो राष्ट्र संस्कार-संस्कृतिबाट पोषित नै रहन सक्ने स्थिति छ ।

नेपालका राजनीतिक दल तथा नेताहरूलाई बाबाको सन्देश ?

पद, प्रतिष्ठा र स्वार्थ त्यागेर सबैको विचार भावनालाई समेटेर प्रेमभावलाई आत्मसात् गर्ने केही मात्र भए पनि अभ्यास गरिदिऊन्, भोलि नै नेपालको  भाग्योदयको सूर्य उदाउनेछ ।

No comments:

Post a Comment

thank you