Sunday, December 12, 2010

भारतीय सेनापतिले अमेरिकालाई भने- १६ आतंककारी नेपाल हुँदै कास्मिर पुगे

चर्चित वेबसाइट विकिलिक्सले शनिबार सार्वजनिक गरेको दिल्लीस्थित अमेरिकी दूतावासको एक गोप्य दस्तावेजमा भारतीय सैन्य प्रमुखले सन् २००९ मा १६ जना आतंककारी नेपालको बाटो हुँदै कस्मिर पुगेको दाबी अमेरिकी सुरक्षा सल्लाहकार समक्ष गरेका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेम्स जोन्ससँगको भेटमा तत्कालीन भारतीय सेनाका प्रमुख दीपक कपुरले नेपालको बाटो हुँदै आतंककारी कस्मिर पुगेको दावी गरेका हुन्।भारत भ्रमणमा रहेका जोन्सले जुन २६ मा भारतीय रक्षा मन्त्री एके एन्थोनी र कपुरसँग बैठक गरेका थिए । शनिबार विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजमा गत वर्ष कम्तीमा १६ आतंककारी नेपाले हुँदै कास्मीर छिरेको भारतीय सेना प्रमुखको दाबी उल्लेख छ।

भारतीय सेनाका तत्कालीन प्रमुख दीपक कपुरले सन् २००९ मा ति आतंककारी नेपाली भूमिबाट कास्मीर प्रवेश गरेको दाबी गरेको नयाँ दिल्ली स्थित अमेरिकी दुतावासले जुन २९ मा विदेश मन्त्रालयलाई पठाएको गोप्य दस्तावेजमा छ ।

कपुरले नेपाल हुँदै भारत छिरेका आतंककारीले कास्मीरमा भारत विरोधी गतिविधि संचालन गरेको दाबी गरिएको छ। यस्तै नेपालसँगको खुला सीमाले आतंकबाद नियन्त्रण गर्ने आफ्नो मुलुकको अभियानमा चुनौती थपिएको कपुरले बताएका छन्।

No comments:

Post a Comment

thank you